
आधुनिक नेपाली लघुकथाले मिति २०७८ जेष्ठ २१ गते शुक्रवार भर्चुअल रूपमा आयाेजना गरेकाे “लघुकथामा नारी आवाज” लघुकथा वाचन कार्यक्रम आधुनिक नेपाली लघुकथा पेजका संस्थापक एडमिन लघुकथामा विद्यावारिधि गर्नुहुने बरिष्ठ लघुकथाकार, समालोचक डा. पुष्करराज भट्टकाे सभापतित्वमा भव्य र सभ्य रुपमा सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, समालोचक , लघुकथाकार प्रा.डा.कपिल लामिछाने , बिशेष अतिथि वरिष्ठ साहित्यकार, समालोचक प्रा.डा शैलन्द्रु प्रकाश नेपाल र समिक्षक, समालोचक हरी प्रसाद भण्डारी लगायत अाधुनिक नेपाली लघुकथा पेजका एडमिनहरू साहित्यकार , लघुकथाकार लक्ष्मीप्रसाद पाैडेल, वाल साहित्यकार, कथाकार उद्दब प्याकुरेल, रचना शर्मा, राजेन्द्र शर्माकाे उपस्थिति रहेकाे थियाे । एडमिन रचना शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमकाे संचालन साहित्यकार तारा के.सीले गर्नुभएको थियाे ।
लक्ष्मीप्रसाद पौडेलले कार्यक्रमको उद्देश्य र आधुनिक नेपाली लघुकथा पेजको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
पुर्वमा आसाम (भारत) देखि पश्चिमका कंचनपुर सम्मका २१ जना नारी लघुकथाकारहरुकाे उपस्थिति रहेकाे कार्यक्रम २:४५ बाट शुरु भएर ६:१५ सम्म संचालन भएको थियाे । कार्यक्रममा २१ वटा लघुकथाहरु लघुकथाकार स्वयम् द्वारा बाचन गरिएका थिए । वरिष्ठ लघुकथाकार , समालोचक हरीप्रसाद भण्डारीले वाचन गरिएका लघुकथाहरूमाथि सूक्ष्म रूपमा समीक्षा गर्नुभएको थियाे । वाचन गरिएका सबै लघुकथाहरू उत्कृष्ट रहेको र सुधार गर्नुपर्ने पक्षहरू बारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रा•डा• शैलेन्दुप्रकाश नेपालले लघुकथाको मानक तथ्यहरू, लघुकथा, छोटा कथा र चुट्किला बिचको भेद बारे सारगर्भित मन्तव्य राख्नु भएको थियो । लघुकथा लेखनमा नारी सहभागीताको उत्साहजनक उपस्थितिको प्रशंसा गर्नुभएको थियो ।
प्रमुख अतिथि वरिष्ठ लघुकथाकार, समालोचक प्रा•डा• कपिल लामिछानेले साहित्यमा नारी सहभागीता र लघुकथा लेखनको अवस्था बारे विवेचना गर्नुभएको थियो ।
सहभागीका तर्फबाट लघुकथाकार प्रभादेवी पौडेलले बिश्व नै काेराेना कहरले आक्रान्त भएकाे समयमा भर्चुअल माध्यमबाट भएकाे यस्तो कार्यक्रमले लघुकथा बिधामा भर्खरै बामे सर्न लागेका नवाेदित नारी कथाकारहरुलाई अबश्य पनि हौसला प्रदान गर्नेछ । यस्तो कार्यक्रम अायाेजना गरेर अाफ्नाे लघुकथा बाचन गरि सुनाउने अबसर प्रदान गरी दिनुभएको धन्यवाद व्यक्त गर्नुभएको थियो ।
अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नुभएका वरिष्ठ लघुकथाकार, समालोचक डा पुष्करराज भट्टले आफ्नो समापन मन्तव्य सहित कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने अतिथि ज्यु, आयोजक साथीहरू, सहभागीहरू र यो विषम परिस्थितिमा प्रमाणपत्र बनाएर अमुल्य सहयोग गर्नुहुने साइरेक्स कम्प्युटर एन्ड फ्लेक्स प्रीन्ट त्रिभुवनबस्ती पुनर्वास ६ कंचनपुरका रमेशकुमार विश्वकर्मा ज्यु समेत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
– लक्ष्मीप्रसाद पौडेल



