न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका उनी द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम निर्देशक हुन्। उनले रोलेक्सबाट पाएको यो पुरस्कार रकमबाट उपल्लो हुम्लामा ‘प्रमोट लोकल इनिसियटिभ फर बायोभरसिटी कन्जर्भेसन इन नेपाल्स् ट्रान्स–हिमालय’ नामको परियोजना सञ्चालन हुनेछ ।
रोलेक्सले सोमबार उक्त पुरस्कार पाउने ५ जनाको नाम घोषणा गरेको हो । रोलेक्सले पुरस्कार जित्ने पाँचै जनालाई भविष्यका अभिभावक नामांकन गरेको छ।
हिउँचितुवा, ब्वाँसो, कालो भालु, जंगली चौंरी, कस्तुरी मृगलगायतका हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षणमा उनले पुर्याएको योगदानस्वरूप रोलेक्सले पुरस्कृत गरेको हो।

अनुसन्धानकर्ता हुम्लाका रिन्जिन फुन्जोक लामाले २ लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख) राशिको ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन्।

