
मुक्तक १
.अलि पर पुग्ने कसरी? जानी राख्छु
थाक्दा तुरून्त म शेष र पानी राख्छु
गल्ती नहाेला भन्न सकिँदैन काममा
कम्जोरी खाेजेर म निगरानी राख्छु ।।
२.
सन्तुलन नमिले म ढलेर सकिन्छु
आगाेकाे रापले भने गलेर सकिन्छु
मलाई मेराे उमेर चिरञ्जीवी छैन
मैन नहुँ छिनमै जलेर सकिन्छु ।।
३.
भगवान साथमा हाेला या नहाेला
बाेलीमा हमेशा शिव शंकर भाेला
अाफैमा म धन्य छु प्राय: खुशी छु
सृष्टिमा पाएँ साैभाग्य मनुष्य चाेला ।।
४.
रहरसँग मिसावट ती चाहा गनेर
खुशी पार्छन् आफन्त अाहा भनेर
अल्झाउछ समय नभने अवधि छ
कतिखेर दुख्छ याैवन डाहा बनेर ।।
गाैतम सराेवर साफेबगर – अछाम



