
कसरी गयौ हे वीर सहिद छातीमा गोली लाइ ।
राणाहरूको राणा शासन तिमीले हटाइ ।।
न तिम्लाइ कूनै स्वार्थ न आफ्नो थियो पिर ।
त्यही त्याग र बलिदानले देशको ठाडो शिर ।।
घर परिवार केही नभनी देशका लागि लड्नेहरू।
निस्वार्थ भई देशका लागि आफ्नो ज्यान दिनेहरू।।
देश र जनताका लागि ज्यान दिए परिवार नभनी।
आऊ फेरी याद गरौँ सबैले सहिदको त्यो कहानी।।



