
नाला उग्रचण्डी भगवती मन्दिर प्राँगनस्थित सोह्रखुट्टी पाटीमा उग्रचण्डी रामायण भजन मण्डल, नालाको आयोजनामा सोही मण्डलका अध्यक्ष स्व. मदतमान श्रेष्ठ र वहाँको धर्मपत्नी स्व. चमेली श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । उक्त भजन मण्डलका उपाध्यक्ष बिकुनारायण श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रममा रामायण भजन मण्डल केन्द्रका अध्यक्ष सुबर्ण चौ प्रधानको प्रमुख आतिथ्यता गर्नु भएको थियो ।कार्यक्रममा स्व. मदतमान श्रेष्ठ र स्व. चमेली श्रेष्ठका सुपुत्र द्वय डा. उत्सवमान श्रेष्ठ र प्रतिकमान श्रेष्ठ तथा छोरीहरू भुवन,रमणीय देवी, आर्जनी,अमन,बिमन तथा स्थानीयहरु पनि उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभामा १ मिनट मौन धारणा गरेर माल्यार्पण र फूलको गुच्छा अर्पण गर्नु भएको थियो / सिध्दिबहादुर कर्माचार्यले संचालन गर्नु भएको कार्यक्रममा सचिव चन्द्रलाल श्रेष्ठले स्वागत मन्तब्य , भगवान खत्री , डा. उत्सवमान श्रेष्ठ , रमणीय देबी कर्माचार्यले मन्तब्य राखेका थिए /
स्मरणीय रहोस् स्व.मदत मान श्रेष्ठ नाला क्षेत्रका शिक्षा प्रेमी , समाज सेवी हुनुका साथै त्यस क्षेत्रको जुनसुकै बिकास निर्माण कार्यमा अग्रसर हुनुका साथै सक्रिय सहभागिता जनाउनु हुन्थ्यो । शालीन तथा कसैको कुभलो नचिताउने सबै पक्षसङ हातेमालो गरि जानू पर्छ भन्ने मुल शिध्दान्त बोकेका कसैको आन्खामा पनि नबिझाउने स्व.मदतमान श्रेष्ठ नालाको हृदयमा सदा काल सम्म बस्नुहुने एक आदरणीय ब्यक्ति हुनुहुन्छ ।


