युवा नेता उभिए एकल जातीय पहिचानको पक्षमा


राष्ट्रिय मुक्ति आन्दोलनका संस्थापक तथा चर्चित युवा नेता योगेश बरालले सत्ताको आमूल परिवर्तन हुनेपर्ने बताएका छ्न । सामाजिक संजाल मार्फत उनले एकल जातीय पहिचान हुनुपर्ने समेत जिकिर गरेका छ्न । उनले लेखेको स्टाटस यस्तो छ –
नेपालको संविधान , संविधान अन्तरगत निर्माण गरिएका जातीय आयोग , राष्ट्रियगान लगायत किटान गर्दा चै विरोध भएन आफैं संलग्न हुने, बोल्दा चै चारहात उफ्रिनुको के अर्थ हुन्छ र ?स्पष्ट भनौं गरौं :-स्वयत्ताभित्रको स्वयत्ता पहिचान भित्रको पहिचान सहअस्तित्व सहितक‍ो संस्कृति अग्रधिकार सहितको एकल जातीय पहिचान स्थापना गरौं ।
सबै किसिमका बैदेशिक(सांस्कृतिक ,धार्मिक ,राजनीतिक आर्थिक ,भाषिक ,सामाजिक ,सामरिकलगायत ) हस्तक्षेप प्रभुत्वको प्रतिरोध गरौं ।
अपनत्व ,मालिकत्व स्थापित स्वामित्व प्राप्त नागरिक भएको सार्वभौम नेपालीको अनुभुती महसुस होस अनि पो परिवर्तनसँग न्याय ,समानता स्थापित हुन्छ ।सबै नेपालीलाई देशप्रतिको जवाफदेहीता हुन्छ । सत्तामा जानको लागी ढोगि कुरा बन्द गराउन लागौं , बर्तमान सत्ताको आमूल परिवर्तन गरि आम नागरिकलाई अनुभुती हुने गरि सम्बोधन गर्दै प्रत्येक नागरिकलाइ जिम्मेवारी तोकौं ,दिअौं। अनि मात्र देशले सहि गति देला होइन भने नेपाली अनुहारका बिदेशीहरुले शासन गरिरहन्छन बेलैमा बुद्धि पुर्‍याउन हौँ ।।दुखको महसुुस गर्दै!!;

यसमा तपाइको मत