
केहि मुक्तक
१)
पैसाको लागि गाउँ छोडियो शहर छोडियो देशै छोडियो
बिरानो देशमा पुगेपछि आफन्त सँगको नातै तोडियो
रमणिय स्थान हरक पल पल का खुसीयाली क्षण हरु
हरेक चीज सँग रम्दा रम्दै जन्म स्थानको बाटै मोडियो।
२)
जिन्दगीको दौरान पनि खास लागेन
बाचिएला भन्ने कुनै अब आश लागेन
जता गयो उतै ठक्कर पाएको देख्दा
आफ्ना हुन या पराई विश्वास लागेन।।
३)
दुइटा मुटु एउटै बनाएर बस भन्दिन म
सधैं भरी अनँगालोमै कस भन्दिन म
आफ्नो तरिकाले जीवनजिउँन सिक्नु पर्छ
सधैं भरी लाली पाउडर घस भन्दिन म।।
४)
मनभित्रका पीडाहरू मनमै लुकाएर राख्नु किन
नयनका आँसु पनि परेलीमा सुकाएर राख्नु किन
पीडा भन्नेकुरा त जति खोल्यो त्यति हालका हुन्छ
बेदनाको पोकाहरु दिलभित्र फुकाएर राख्नु किन।।
५)
कुरा गर्दा गर्दा इतिहासकै कहानी सकियो
जप ध्यान गर्दा गर्दा हरेक बिहानी सकियो
नत भगवान खुसी हुन्छन् नत आफन्त नै
संघर्ष गर्दा गर्दा कलिलो जवानी सकियो।।
बिष्णु प्रसाद पौडेल
पोखरा ६ लेकसाइड



