
#अतित बोकेर#
अतीत बोकेर
गोदुलि साझैमा एउटा खवर आयो
सामाजिक शिक्षा पडाउने
प्राथमिक स्कुलका हेड मास्टर
अब सम्झनामा मात्र रहे रे!!
गृह कार्य दिएर
कक्षा कोठामै निदाउने हेडमास्टर
स्वर्ग पुगे कि नर्ग पुगे होला?
उता कस्तो निन्द्रा निदाउँछन् होला?
फोल्डिङ वाला नोकिया मोबाईल
स्कुलमा पहिलो चोटि भित्राएर
रास्ट्रीय गान सुनाउने श्याम पुडासैनी सरले
आजकाल कस्तो मोबाईल बोक्छन् होला?
हलुवा पकाउने बासु पिउन काकाले
थाहा पाएकी पाएनन् होला
हामिले कयौँ पटक माम्री र हलुवा चोरेको!!
आफ्नो भाई साधुरामलाई
दित्तिय बनाएको भन्दै
पछि पछि कुरा काटेको
थाहा भयो कि भएन होला सावित्री मिसलाई!!
घट्टे खोलाबाट एकै शासमा
घाँटा घारिको उकालो उक्लले
बद्री सरलाई आजकाल बुडेसकाल लाग्यो कि लागेन होला?
क्यारिम खेल्दा खेल्दै
कक्षा कोठामै पिसाव फेर्ने
पुर्ण प्रसाद अधिकारीले
आजकाल शौचालयमा पिसाब फेर्छ कि फेर्दैन होला?
श्याम सर देखेपछी आजकाल
डराउछ कि डराउदैन होला?
हलुवा थापेर सार्स
भन्ने लो गाँउको सेती
आजकाल कता हराएकी होलि?
सर! म पिसाव फेर्न जा ?
भन्ने आँपचौरको कुमार गुरुङ
आजकाल कता होला ?
तातो आलु खेल्दा
सधै मलाई नै रुमाल हाल्दिने गोमा
आजकाल कस्को खुसी बनेकी होलिन?
– हामिलाई सधै थर्काउने हाक्किम सुनार कता होला?
– हाम्रो कपि- कलम चोर्ने साने आजकाल के गर्ला?
– कक्षा कोठाभरी दिशा गर्ने कोईराला आजकाल कता होलान?
हामिलाई सधै कुट्ने लोखर्के गुरुङ
करेन्टको झडकाले बितेर गएछन् !!
सुनेर नरमाईलो लागेको थियो अल्लि अगि!!
आफ्नै बा ले पिटेपछी जोस्सिएर
सहर हिडेको साथि
आजकाल कता होलान?
सबै साथी मिलेर
जनैमा चप्पल बाधेर बगाएको
घट्टे खोला आजकाल कत्रो होला?
– धुसिनिको सानो गोले उस्तै छ कि सुध्रीयो होला?
– रुसेपानीको गोरेले आजकाल उल्टि हान्छ कि हान्दैन होला?
– मोहनले जापान गएर गाउँ सम्झिन्छ कि सम्झिन्न होला?
– स्कुल पछाडी सालघारिमा प्रेमी- प्रेमिका बस्छन् कि बस्दैनन् होला?
– डाँडा गाँउका केटिहरु आजकाल पनि राम्रा छन् कि छैनन् होला?
– मबिर गाँउबाट चप्पल पडकाउदै स्कुल पडन् आउँछन कि आँउदैनन् होला?
– भरत मामाले आजकाल स्कुलमा चना पकाउछन् कि पकाउदैनन् होला?
स्कुलमै जातिय भेदभाव गर्ने
नैतिक शिक्षाको सरको जागिर
खोसियो कि खोसिएन होला?
रुसेपानीको पौडेर र डाँडागाँको बगाले
आजकाल पनि सगै बस्छन् कि बस्दैनन् होला?
गर्छन् कि गर्दैनन् होला प्रेमका कुरा ?
यी सबै प्रश्नहरु मनमा
आँउछन् कि आँउदैनन् होला
सबैलाई सम्झना बनेर



