
पुर्ण मानान्धर बिगत लामो समयदेखि विभिन्न सामाजिक संस्थाहरुमा महत्वपूर्ण पदहरुमा बसि सेवा गरेका एक टोखा नगर बासीहरुले भुल्नु नहुने नाम हो । सामाजिक संस्थामा सेवा गर्दागर्दै राजनैतिक क्षेत्रमा पनि सकृय रहन्दै आउनु भएको कुरा सबैलाई जानकारी नै छ । तर पनि माथिल्लो तहकाले सहि मुल्यांकन नगर्दा जहिले पनि कोनामा रहनु पर्ने बाध्यताले अबका दिनहरू चुप लागेर नबस्ने हाम्रा खोज सम्बादातालाई बताउनु भएको छ । आगामी निर्वाचनमा सभापतिमा जसरी पनि बिद्रोह गरेर भए पनि उठने मनसाय व्यक्त गर्नु भएको छ । उहाँले ” के पद पाउनु ठुला नेताको चाकरी गर्नु पर्ने हो र ? ” प्रती प्रश्न गर्नु भएको छ ।
कामको मुल्यांकनको आधारमा सबैले सेवा गर्ने मौका पाउनु पर्छ । कुनैलाइ काखा कुनैलाइ पाखा गर्नु पाइन्दैन पार्टी कसैको पेवा होइन । सक्षम र इमानदारी तथा जनताको सेवा र दुख बुझ्ने हुनु पर्दछ । हावा तालले नेतृत्व छान्नु महा गल्ती भन्नू भएको कुरा हाम्रा खोज सम्बाददातालाई बताउनु भएको छ ।



