एम सी सी हल गर्न
देशका प्रमुख भनाउदाहरु
म सङ सुत्र माग्दै थियो
सबै पक्ष चुप लाग्नु पर्ने रे
भागबन्दा आफुलाइ अलि बढी रे
कम्युनिस्टको सिद्धांत भित्र पर्नु पर्ने रे
काङ्ग्रेसको समाजबादले ताली थोक्ने रे
आन्दोलन गरेका घाउहरुले बिरोध नगर्नु पर्ने रे
देशका जनता नाङ्गो भए पनि
छोराछोरी ज्वाइँ इष्टमित्रहरु
खुशी हुनु पर्ने रे
लौ न अनामणी जसरी पनि
सुत्र बताउनु पर्यो
अनि म
निन्द्रामा जोडले कराए
तेरो बाउको बिर्ता हो र ?
तैले तेरो स्वास्नीको दाइजो ल्याएको र ?
मेरो प्यारो देश
मेरो सुत्र सुन्ने हो भने
खुल्ला मञ्चमा गएर
नेपाली दाजुभाइ तथा दिदीबहिनीको बीचमा
त्यो च्यात्तिदिनु ।
सपना पनि राम्रो नै देखिन्दो रहेछ



