राष्ट्रियता के हो ? हामी माझ अनेकौं बहस छ्न । mcc पछि राष्ट्रियताको बहस एकपटक तातेको छ । देशभक्ति स्वर उर्लेको छ । भावुकताको सिमा नाघेको छ ।भनिन्छ राष्ट्रवाद राजनीति
शास्त्रमा सबैभन्दा बिकाउ शब्द हो ।
कोहि भन्छन् भूगोल हो , राष्ट्र । कोहि भन्छन् जातजाति हो राष्ट्र ।कोही भन्छ्न देशको माया भरिनुमा छ राष्ट्रभक्ती । वास्तवमा मुलुक माया गर्ने कुराले मात्र देशभक्ति वा राष्ट्रियताको सम्बर्द्धन हुन्छ जस्तो लाग्दैन । देशलाई शान्त बनाउने / समृद्ध बनाउने /प्रगतिपथ हिडाउने कुराले राष्ट्रलाई माथी उठाउछ देशभक्ति झन व्यापक पार्छ ।
सडकमा नारा लगाउने , रेलिङ भाच्ने र भारतको बिरोध गर्ने भाष्य निर्माण भएको छ । यस्तो हुनु हाम्रो समाज उग्र राष्ट्रवादले आक्रान्त हुनु हो । नेपाली समाजले झेल्दै आएको जुन मनोदशा छ , त्यसले राष्ट्रवादको वास्तविक भाष्य निर्माण गर्न दिएको छैन ।
गरिब देशलाई अभावले नै गाज्छ । अभावले निम्न स्तरको चेतना निर्माण गर्छ । निम्नस्तरको समाजको राष्ट्रवादी चेतना उन्नत हुनु कुरा भएन । हाम्रो देशमा उठेका मुक्ति आन्दोलन सफल हुँदा पनि त्यो जनतासम्म पुग्नु नसक्नु कारण पनि यहि लुकेको छ ।
एउटा देशमा दुइटा शिक्षा प्रणाली हुन्छ भने त्यो कसरी न्यायोचित हुन्छ ? एउटा देशमा कसैलाई डाक्टर चाकरी कसैले अस्पताल नै नहेरी मर्नुपर्ने बाध्यता हुन्छ त्यो कसरी समानतामुलक कुरा हुन्छ ? यसैले फेरौ परिभाषा । देशभक्तिको नारालाई समृद्धिमा जोडौ , समृद्धिलाइ देशभक्तिसँग जोडौ ।फेरौ भाष्य ।
मेरो बुझाइमा राष्ट्रवाद
- सुर्य बज्रयाना



