आयोग गठन गर्न जोडदार माग


तोखा सम्पदा संरक्षण दबुका अध्यक्ष तथा काठमाडौं जिल्ला कमिटी नेकपा एमाले सदस्य श्री मनिराज डंगोल ज्युले समृध्द नेपाल र सुखी नेपालीको स्रोत तथा बिबिध सम्पदा संरक्षण आयोग गठन गर्नु पर्ने माग राख्नु भएको छ ।उहाँले एक बक्तब्य निकाल्दै आगामी दिनहरूमा आफू यसै मागलाइ लिएर आफ्नो पार्टीभित्र र बाहिर लागि पर्ने कुरा हाम्रा खोज सम्बादातालाइ जानकारी गराउनु भएको छ ।

नेकपा एमालेको बिधान महाधिवेशनमा नेपालको ७५३ वटा स्थानीय कार्यपालिकाहरुमा कम्तीमा एक एक वटा आर्थिक सम्पन्नताको स्रोत तथा जल सम्पदा , प्राकृतिक सम्पदा , धार्मिक सम्पदा ,भाषिक सम्पदा , सान्स्कृतिक सम्पदा आदि संरक्षणको नीति लिनु पर्ने र त्यसैलाई आय आर्जनका मुख्य स्रोत बनाउनु पर्ने अनि मात्र नेपालीको चाहना र माटो सुहाउँदो बिकास हुने थोकुवा गर्नु भएको छ ।बिदेशी नक्कल गरेर बनाएको बिकास दिगो नहुने भएकोले आयोग गठन गरि छिटोभन्दा छिटो यश तर्फ अगाडि बढ्नु पर्ने बताउनु भएको छ । यस तर्फ आफू मरिमेती लाग्ने पनि बताउनु भएको छ ।

यसमा तपाइको मत