शिक्षकहरूको समस्या समाधान गर्न माग गर्दै अखिल नेपाल शिक्षक संगठन सुर्यगढीद्वारा ज्ञापनपत्र।

- नुवाकोट समाचारदाता


माओबादी केन्द्र निकट संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन सुर्यगढी ले शिक्षक हरूको बिभिन्न समस्या तत्काल समाधान गर्न माग गर्दै गाऊपालिका अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन सुर्यगढीका अध्यक्ष जिबन तामाङको नेत्रित्वमा गएको शिक्षक हरूको टोली ले गाऊपालिका अध्यक्ष सन्त बाहादुर तामाङ समक्ष बिभिन्न माग राख्दै जापनपत्र बुझाएको हो । शिक्षक दरबन्दी मिलन सबन्धी निर्णय प्रकृयामा शिक्षक पेसागत संगठनको अनिवार्य सहभागिता ग्यारेन्टी गर्नु पर्ने, बालबिकास स.का कार्यलय सहयोगी र साहायक कर्मचारीको तलब भत्ता लगाएतका सेवा सुविधा स्थानिय तहले ब्यहोर्ने, आर्थिक बर्ष २०७८/७९ को बजेट कार्यक्रममा तोकिएको पारिश्रमिक तत्काल कार्यन्वयन गर्नु पर्ने । निजी स्रोतमा कार्यरत शिक्षक हरू लाई नै स्वयमसेवक शिक्षकका रूपमा रूपान्तरण गरी ऊनी हरूको पेसागत संरक्षणको ज्ञारेन्टी गरिनु पर्ने लगायत ६ बुदे माग राख्दै जापनपत्र बुझाएको हो । शिक्षक हरूको पहिलो सम्मेलन बाट नयाॅ संगठन बने संङ्गै शिक्षक हक हितको लागी पहिलो चरणको कार्यक्रम अन्तरगत ज्ञापनपत्र बुझाईएको अध्यक्ष जिबन तामाङ ले बताऊनु भयो । आवास्यक परे शिक्षक हरूको लागी अन्य कार्यक्रम हरू समेत ल्याऊने बताऊनु भयो ।

यसमा तपाइको मत