
नुवाकोट (थानापति), असोज २० गते ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मन्जु के.सी. को विशेष आतिथ्य र एकाइका सभापति रामकृष्ण डंगोलको अध्यक्षतामा नेपाली काँग्रेस शिवपुरी–८, थानापति कार्य समितिले दसैँ तथा तिहारको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापानको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण थापा, विशेष अतिथि मन्जु के.सी., नेका शिवपुरीका सभापति कविराज गुरुङ, शिवपुरी–८ का क्षेत्रीय प्रतिनिधि रमेशकुमार पाठक, शिवगुरी–७ का वडा अध्यक्ष माधव भेटुवाल, अतिथिहरू नेका शिवपुरीका उपसभापति रविन डंगोल, शिवपुरी–५ का नेका वडा कार्य समितिका सभापति रामकृष्ण थापा, नेका थानापतिका उपसभापति नरेन्द्र थपलिया, क्षेत्रीयहरू प्रतिनिधि मेनुका पाण्डे, वासुदेव पाण्डे, भवानी थपलिया, नवराज थापालगायतले शुभकामनाको साथै समसामयिक विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अतिथिहरूले नेकाले शिवपुरीमा गरेको कामहरू शिक्षा, स्वास्थ्य, बाटोघाटो, पूर्वाधार, कृषि, तालिम, रोजगारी आदिलाई शुभकामनासँगै सबै जनताहरू माझ जानकारी गराउनुपर्ने बताउँदै विधानले दिएको चुनावी प्रक्रियामा सामेल भएपछि सबैले हारजितलाई स्वीकार गर्नसक्नुपर्ने र जित्नेले जितको उन्माद र हार्नेले पनि हिनताबोध गर्नुपर्ने आवश्यक नभएको बताउनुभएको थियो ।



