कहिले सुल्टो बग्छु
कहिले उल्टो बग्छु
कहिले दायाँ बग्छु
कहिले बायाँ बग्छु
कहिले बेगले बग्छु
कहिले सुस्त बग्छु
बग्नु मेरो धर्म हो ।
म एक्लै आफ्नो गन्तव्यमा पुग्नलाई
बिनासाथ
बिना आग्रह
बिना अनुग्रह
निरन्तर बग्छु
जसरी बगे पनि
किनाराका फोहर सफा हुने गरि बग्छु ।



