डोको प्रेमी बा

- रत्नप्रसाद अनामनि श्रेष्ठ


बा लाई असाध्य डोको मन पर्छ

दिनको शुरूवात नै डोकोको सुम्सुम्याईबाट शुरु हुन्छ

उस्तै हो डोकोको र हाम्रो जीवन भन्नू हुन्थ्यो

डोकोमा अन्नहरु अधिदैन

स्याउला, पतकर, घाँस मात्र राख्न सकिन्छ

अन्न त साहुहरुका भकारी हुन्छ भन्नु हुन्थ्यो

आज त्यही डोकामा

जति मेहनत गरे पनि भाग्यहरु

चुहिरहेको देख्छु

थुप्रै अवसरहरु बगिरहेको देख्छु

अनि बा लाई सोध्न मन लाग्छ

बा !

तपाई किन डालो

मनपराउनु हुन्न ?

 

 

यसमा तपाइको मत