केही त छ !

- रत्नप्रसाद अनामनि श्रेष्ठ ,नाला काभ्रे


 

केही त छ

नत्र प्रचण्डले रामदेवलाई

महान बैज्ञानिक किन भन्थ्यो ?

केही त छ

बिना इज्जात टेलिभिजन

उदघाटन गर्दै हिड्छ गठबन्धन सरकार ?

केही त छ

सुकुम्बासीलाई जग्गा बाँड्दा

घोक्रो फुलाएर बिरोध गर्नेले

अरबपती बाबालाई सित्तैमा

जग्गा बाँड्दै किन हिड्नु ?

केही त छ

सिंहदरबार बैद्यखानालाई

बाल मतलब नगर्नेले

बाबाको कारखानामा भबिस्य किन देख्नु ?

केही त छ

साँच्चै केही त छ

पक्कै केही त छ

यसमा तपाइको मत