कम्ररेड !
यसपलि पनि तिम्रो नेताको
दिन खुलेछ ।
सायद तिम्रो पनि दिन खुल्यो
भनेर मख्ख नपर्नु
तिम्रो र उनको गन्तव्य नितान्त फरक छ
तिमी पार्टी जात, रंग र रुपमा होईन
थेप्चे र चुच्चे नाकमा होईन
सक्षम र इमानदारीतामा चल्नु पर्छ भन्छौं
तिमी आफू केही हौ भन्छौं
पुर्खाको सम्मानमा जोड दिन्छौं
सम्पदा र संस्कृतिको तानाबाना बुन्थ्यौ
आर्थिक उन्नतिका स्रोत बिदेशमा होइन
आफ्नै माटो र पुर्खाको सीपमा खोज्नु पर्छ भन्थ्यौ
आफ्नो स्वास्नी , छोरा र नाताहरुलाई ठुला पद दिनु हुदैन भन्थ्यौ
पार्टीमा हाम्रो पनि हक लाग्छ भन्थ्यौ।
यी सबै कुरालाई तिम्रो ठुला कम्ररेडले
टाउको हल्लाउँदै हुन्छ को जवाफ पाउँछौ
जवाफले तिम्रो भुइँमा खुट्टा हुँदैन
तर
तर
यो तिम्रो जिवनमा कहिले लागू हुदैन
किनकि तिमी
नितान्त घ्यु लाटो कम्ररेड हौ ।



