
मुक्तक
कता कता मनका कुरा खोल्न खोजि रहे
खाली सिउँदो भरी सिंदुर ढोल्न खोजि रहे
खै किन किन हो तिमीलाई~बुझ्न सकिएन
बोल्दै न बोल्ने तिमी संग बोल्न ~खोजि रहे
❣️ मुक्तक
सकिएन तिमी बिना एकपल पनि जिउँन अब
फाटेको मन तिखो सुईले सधै प्रिया सिउन अब
तिमीले मलाई भुल्दै~ छौ रे भन्ने थाहा भएपछि
बाध्य भए म पनि त चुरोट गाँजा ~ पिउँन अब
❣️ मुक्तक
तिहार आयो~ रमाउँदै छन् गाउँमा साथिहरु
देउसी भैलो जमाउँदै छन् ~गाउँमा साथिहरु
राम्रो खाई मिठो लगाई सबै खुसी भएका छन
हातमा हात समाउँदै छन् गाउँमा ~ साथिहरु
❣️ मुक्तक
तिहार आयो भन्दा भन्दै नजिकिदै थाहा भयो
खुसी बनाउ मिलीजुली~सबले जो जाहा भयो
बर्षौ पछि आउँछन् तिहार रमाइ रमाइ सधै भरी
कसैलाई छ कठै बर कसैलाई ~ त आहा भयो
❣️ गजल
आमा म ~ प्रदेशीको पिरमा नरौ तिमी
घर छोडेर सधै ~ खोलि तिरमा नरौ तिमी
म जहाँ जान्छु आमा सधै तिम्रै याद गरेकोछु
मलाई सम्झी अब कहिले भिरमा नरौ तिमी
छोरा घर फर्केन भनि मन न दुखाउ आमा
बाँचे पक्कै आउँछु फर्की मन्दिरमा नरौ तिमी
सम्हाल्न सकिएन आमा भित्र मनका चोट हरु
हेरेर जहिले साँच्चै मेरो ~तस्बिरमा नरौ तिमी
पल पलमा याद आउँछ आमा मलाई पनि तिम्रो
साथिहरु रमाउँलान बिहे हुँदा मंसिरमा नरौ तिमी
❣️गजल
तिमी फूल हौ या फूलको माली थाहा भएन
सिदुनर ~ हौ या ओठको लाली थाहा भएन
मत बास तिमी भित्र हराएको एक मायालु हो
तिमी पुजा होकी पुजाको~थालि थाहा भएन
मलाई तिम्रो मायाले पागल बनाए जस्तो छ
प्रिया तिमी गोरी ~ छौकी काली थाहा भएन
फैलि सक्यो तिम्रो माया आजभोली प्रिया मेरी
मेरो बन्छौ की पराइको ~घरवाली थाहा भएन
खै कसरी गर्नु मैले पनि सधै तिम्रो ब्यान प्रिया
तिमी त साँच्चै रहेछौ ~ जाली थाहा भएन
❣️ मुक्तक
रातो साडी चुरा पोते आउँछु प्रिया दिनलाई
तिमी संगै जहर पनि अमृत सम्झी पिनलाई
कोरीबाटी सजिएर बस्दै गर्दा हुन्छ तिमीले
दुलहा बनि अब छिट्टै आउँछु प्रिया लिनलाई
❣️ मुक्तक
उसले पनि तिमीलाई माया पिरती गरे कै हो
तिमी आउने बाटो भरी~फुल हरु छरे कै हो
आउँछौ भनि तिम्रै लागि उ पर्खिरहेको थियो
आइनौ तिमी खै किन सिउँदो त ~भरे कै हो
❣️ मुक्तक
ढकमक्क फूलका थुँगा जताततै, फूले होलान्
रमाउँदै ति भँमरा पनि फूलबारिमा डुले होलान्
तिहार पनि नजिकिदै आउँन थाल्यो अब छिट्टै
खेतबारीमा पहेला धान पाकेर नै झुले होलान
❣️ गजल
बर्षौ का ~ हजारी माला खुट्किला मै सुके बैना
सबका दाजु तिहार मान्न गाउँ घर सम्म पुके बैना
मैले पनि साहु जी~ संग बिन्ती गरे छुट्टी माग्न
खुट्टा ढोगी पाउँ छुदा नी साहु जी भित्र लुके बैना
आउन पाइन यसपाली घर फर्केर म आउन पनि
हिडन लाका पाइला हरु हिड्दा हिड्दै रुके बैना
आउँछु भनेर ढाँटे जस्तै भएको छ न रीसाऊ ल
भित्ताको तस्बिरमा लगाऊ टिका त्यो मन दुखे बैना
यसपाली त यस्तै भयो भय्रा ~ पक्कै आउँछ होला
एकैछिन हो भातको आसले गाउँमा कुकुर भुके बैना
चन्द्र तिखातरी
सुदुरपश्चिम डोटी
शुभ रात्री मित्रो
शुभ ~ पल❣️



