साहित्य सुन्दर कुस्मिका मुक्तक

- साहित्य सुन्दर कुस्मि


||मुक्तक || (१)
तिमीसँग माया प्रेम लाए छोडेर गयौ
जोडिएको सम्बन्धलाई तोडेर गयौ
के कमजोरी देख्यो मेरो मायामा आज
त्यो मन मुटु किन मोडेर गयौ

मुक्तक
छोरा तिमि कहिले पनि नराम्रो बाटो नहिन्नु ल।।
पढेर लेखेर यो गाँउको ठुलो मान्छे बन्नु ल।।
हामि त अनपढ छौ आफ्नो नामपनि थाहा छैन।।
कसैसँग झगडा नगरि हरेकको मन जित्नु ल ।।
साहित्य सुन्दर कुस्मि
ठेगाना गाउँ पालिका (९)अमरावती कैलाली

यसमा तपाइको मत