बचाई देऊ मेरो टीकापुरलाई

- दिब्या प्रयासी


🇳🇵कबिता🇳🇵
बचाई देऊ मेरो टीकापुरलाई

फेरी पनि क्रान्तिको राको बल्दैछ यहाँ ।
न्याय अधिकार पहिचान र समानता
माग्दै कराउदै यो देश चियाउदैछ यहाँ ।
शहर बजार गाउँ बेशी गर्जदैछ यहाँ ।
यी जनार्दन आवाजहरु सुनी देउ ।
अन्यायलाई न्याय दिलाइ देउ ।

तिमीलाइ थाहा छ नि ?
उ नेपाली म नेपाली
हामी सबै नेपाली ।
जनार्दनका प्यास मेटाइ देउ ।
सबै सन्तानलाई बरावर न्याय दिलाइ देउ ।
यी आवाज सुनेनौ भने तिमी ।
साच्चिकै
फेरि पनि दनदनि बल्ने छ टीकापुर ।
फेरी पनि बिस्फोट हुनेछ टीकापुर ।

त्यसैले ।

हो मलाई तिमीलाई सबैलाई थाहा छ ।
नेपालको सबै भन्दा सुन्दर सुदुरपश्चिम ।
त्यसमा पनि एक ऐतिहासिक ।
प्राचीन कालिन मन्दिर पदम प्रकाशेश्वर ।
जहाँ भगवान पर्शुराम समेत
पुजा गर्नु भएको थियो ।
जहा कलकल पबित्र कर्णाली नदि ।
ऋषिमुनिहरु स्नान गरेका थिए
र जहाँ बङ्ला पार्क भित्र
राजा महेन्द्र सुख शान्ति अनुभुती गर्नु हुन्थ्यो ।
राजा बिरेन्द्र रानी ऐश्वर्य आफ्नो बाटिकामा
आएर सुख शान्तिको आराम प्राप्त गर्नु हुन्थ्यो ।

आज त्यही स्वर्गलाई
बिन्ती नर्क न बनाइ देउ ।
म बिन्ती गरे
पाउ परे ।
यो सुन्दर नगरीलाई अझै
रगतले न सिन्ची देउ ।

मान्छे भयवित त्रशित भईसके ।
त्यसैले
जे भयो भयो ।
काका बाबा आमा दाजु दिदीसंग
सम्पुर्ण नेपाली संग बिन्ती गरे ।
उसलाई सपना भनी भुलाइदेऊ।
अब नयाँ उदेश्यका साथ ।
आऊ तिमी हामी सबै मिली
एक सुन्दर टीकापुर निर्माण गरौ ।

यदि बलेको आगोमा घिउ थप्यो भने
के हुन्छ थाहा छ ।
बलेको आगोमा हात हाल्यो भने
के हुन्छ थाहा छ ।
त्यसैले कृपया ।
भाई भाई बिचको लडाइँ भन्दा ।
बिदेशी शक्ति संग लडाइँ जारी राखौ
एम सि सि को लडाइँ जारी राखौ

उ नेपाली म नेपाली ।
उ मेरो घरमा खायो ।
मैले उसको घरमा खाए ।
उ मेरो दाजु म उसको बहिनी ।
यो पबित्र सम्बन्धलाई ।
जातिय बिभेद नल्याइ देउ ।
जे हुनु भयो अब सधैको लागि
सद्भाव बनाइ देउ ।

मन सबैको रोए होला ।
मन सबैको दुखे होला ।
जातिय इशु न बनाइ देउ ।
किन कि फेरि बिद्रोह मच्चिन ।
क्रान्तिको रांको बल्न ।
नारा जुलुस चर्किन ।
टीकापुर रुन बेर लाग्ने छैन ।
म बिन्ती गरे महासय
यो बिद्रोह मेटाइ देउ ।
यो दाजु भाइ बिचको फाटाे
सधै सधै भरीको लागि मेटाइ देउ ।

नत्र फेरि पनि बल्छ टीकापुर ।
फेरि पनि बिस्फोट हुन्छ टीकापुर
यो माहुलले भन्छ
फेरि पनि ।
हो फेरि पनि बल्छ टीकापुर ।
फेरि पनि बिस्फोट हुन्छ टीकापुर ।
त्यसैले बिन्ती गरे
किन कि जनताहरु ।
आबेग र आबेशमा छ्न ।
मर्न र मार्न तयार छ्न ।
चेलिको सिउदो उजाड हुनबाट ।
मासुम बच्चाहरु असहाय तुहुरा हुनबाट ।
कृपया महाशया
बचाइ देउ मेरो टीकापुरलाई
बचाइ देऊ🙏

🇳🇵 दिब्या प्रयासी 🇳🇵

यसमा तपाइको मत