
मुक्तक १
कुर्सिकै लागि खिचातानी कहिले सम्म
अझ गर्छौ गल्ती जानीजानि कहिले सम्म
हिजो उचाइ चढ्न सबैलाई आफ्नो बनायो
फेरि त्यही अनुहार चिन्न आनाकानी कहिले सम्म
मुक्तक २
आउँछन यहाँ घरिघरी छद्मभेषीहरु रुप फेरी
आश्वासन बाँड्दै जोड्छन आफ्नै घर घडेरी
सोझालाइ फकाउन गर्छन चिल्ला,मिठा बात
स्वार्थ पूरा भएपछी हिँड्छन तर्की, हेर्दै नहेरी



