मिस एयरहोस्टेजको उपाधी प्रीस्किलालाई , फस्ट रनरअफ भइन आइसु


काठमाडौं १५ पुस,
सिजन मिडियाद्धारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाचौं संस्करण राष्ट्रिय नाचघर जमलमा सम्पन भएको छ ।
प्रतियोगितामा गोरखाकी १९ वर्षिय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भएकीछ्न । फष्ट रनरअपको ताज आइसा डंगुरा र सेकेन्ड रनरअपको ताज सृजु घिमिरले चुम्न सफल भएका छन । घिमिरेले पपुलर अवार्ड पनि हात पारेकी छिन ।
विजेताहरुले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्किन हस्पीटलको तर्फवाट २० हजारको गिप्ट भौचर प्राप्त गर्न सक्नेछन् । त्यसै गरि सिम पर्सनालिटि प्रकृति गुरुङ,मल्टीमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मा लामु सेर्पा, मिस फोटोजेनिक मेलीना राजवंसी, मिस वेष्टवाक प्रिया कर्मचार्य, वेष्टडेसको अवार्ड समिक्षा माझीले हात पार्न सफल भएका छ्न ।
यस कार्यक्रममा निर्णायक मण्डल सौदर्यविद सीता न्यौपाने पाठक साउथ वइस्टनस्टेट कलेजका भाइसप्रिन्सीपल हरि सिंह केसी ,मिस एयरहोस्टेज २०१६की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मीन म्यानेजर सेमन्त श्रेष्ठ , हवाई इन्जिनियर रन्जित जैशवाल ,नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेश कुमार गुप्ता र पत्रकार टिपि भुषाल रहनु भएको थियो ।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सृजना गर्न दवाव हुने र आगामी दिनमा नेपालको एकमात्र ध्वजावाहक एयरलाइन्सलाई विमान खरिद प्रक्रिया सफल बनाउने वताउनु भयो ।
कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उडड्यन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररुपमा यस क्षेत्रको श्रीवृद्धिमा अतुलनिय योगदान दिनु हुने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुशल व्यवस्थापक घनश्याम राज आचार्य, गुण एयरका प्रज्वल थापा, वुद्ध एयरका खगेन्द्र वस्नेत, क्याप्टेन विवेक खड्का,पूर्व विमानचारिका रेनु राई , सुवास वस्नेत, पत्रकार अच्युत पुरी,अग्नी नियन्त्रक सुनीता सिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत