नेकपा एमाले रसुवामा नयाँ नेतृत्व , भावात्मक एकताको भाव पैदा


एमाले रसुवाको अध्यक्षमा कनर्याल लामा पुनः दोहोरिएका छन् । शुक्रवारदेखि सुरु भएको आठौ जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ, बेली बुलुन चयन भएका छन् । उनीहरू पनि सर्वसम्मत चयन भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको थियो ।

एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने बताइएको छ । अध्यक्षका लागि कर्णेल लामा र अशोक घिमिरेले दाबी गरेका थिए । राति अबेरसम्म भएको छलफलपछि लामा निर्विरोध चयन भएका हुन् । जिल्लाभरिबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि सहभागी थिए ।
संविधानसभा सदस्य तथा युवा नेता जनार्दन ढकाल आठौं जिल्ला सम्मेलन मार्फत नेकपा एमाले रसुवामा बैचारिक , संगठनात्मक र भावनात्मक एकताको भाव पैदा भएको जानकारी दिए । सबै कमरेडहरु उत्साहित हुनुहुन्छ । आगामी दिनमा विकसित र कम्युनिस्टमय रसुवा निर्माण गर्ने हाम्रो सपना छ । यो हाम्रो दायित्व पनि हो ।उनले भने – चुनौतीहरु छ्न । चुनौतीहरु सामना गर्नु त राजनीतिको न्युनतम कुरा हो नि ।

यसमा तपाइको मत