बानेश्वरमा आयोजना गरिने आन्दोलनको रुपरेखा बदलिए


काठमाडौं । अमेरिकी एमसीसी विरुद्ध काठमाडौं तथा सदरमुकाम केन्द्रित आन्दोलन चर्केका बेला एमसीसी खारेज अभियानले काठमाडौंस्थित नयाँ बानेश्वरमा आयोजना गरिने आन्दोलनको रुपरेखा सामान्य बदलिएको जनाएको छ ।

अभियानले विभिन्न संघसंस्था र दलहरुको एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन, नेपालको आयोजनामा भैरहेका एमसीसी खारेजीको लागिका संयुक्त कार्यक्रमहरु यता केहि दिनदेखि संसद भवनको उत्तरतिरबाट हुँदै आएकोमा भोलि फागुन ८ गतेको कार्यक्रम भने बानेश्वरको पश्चिममा पर्ने हनुमानथान र विजुली बजारतिरबाट गर्ने जनाएको छ ।

अभियानका संयोजक नारायण शर्माले यसका लागि सबै घटक, अभियन्ता र जनसमुदायहरुलाई उक्त कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन् । शर्माले २०७८ फागुन ८ गते दिउसो ठिक १२.३० बजे सिंहदरवारदेखि पूर्व हनुमानस्थान-बिजुलीबजार पुल बिचतिर जम्मा भै जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेर्न १ बजे पुग्ने बताएका छन् ।

यसैबीच अमेरिकी एमसीसी विरुद्ध नेपालमा भइरहेको आन्दोलनप्रति अमेरिका र चीन आमनेसामने भएका छन् । ६ गते शुक्रबार मात्रै एमसीसी विरुद्ध भइरहेको आन्दोलनप्रति लक्षित गर्दै अमेरिकाले धम्कीको भाषा प्रयोग गर्दै विज्ञप्ति निकालेको छ । नेपालस्थित अमेरिकी दुतावासका तर्फबाट रेन्डी बेरीले एमसीसीको विरोधका नाममा भएका हिंसा स्वीकार्य नहुने बताएको छ ।

उनको यो धम्कीप्रति धेरै नेपालीले प्रतिकृया दिएका छन् । मिडिया तथा सामाजिक सञ्जालहरुमार्फत् दिइएका यस्ता प्रतिकृयाहरुमा अमेरिकाको यस्तो धम्कीप्रति आक्रोश व्यक्त गरिएको छ । अमेरिकाले नेपालमा भइरहेको एमसीसी विरुद्धको आन्दोलनमा ‘धम्की कुटनीति’प्रति चीनले पनि जवाफ दिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकाले नेपालमाथी प्रयोग गरेको ‘धम्की कुटनीति’को प्रतिरोध गर्ने जवाफ दिएको छ । विश्लेषकहरुका अनुसार अब एमसीसी नेपालीको मात्रै विषय रहेन । यो मामिलामा अमेरिका र चीनको सिधा टक्कर पर्ने सम्भावना बढेर गएको छ ।

नेपालको संसद, बौद्धिक वर्गमा पनि यस विषयमा २ धार स्पष्ट देखा परेको छ । प्रधानमन्त्री देउवाले यहि फाल्गुन १६ सम्म संसदबाट एमसीसी पास गर्छु भनेर अमेरिकासित प्रतिवद्धता जाहेर गरेका छन् भने त्यसका विरुद्ध आन्दोलन झन चर्केर गएको छ ।

यसमा तपाइको मत