
स्थानीय तहको निर्वाचनको माहोल तात्दै गएको छ । यसबाट रसुवा पनि अछुतो छैन । रसुवामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदको दावेदारहरुको नाम सार्वजनिक हुन थालेको छ ।यहि सिलसिलामा कालिका गाउँपालिकामा मेयर पदमा उम्मेद्बारी दिने घोषणा गरेका छ्न , युवा नेता प्रेम प्रसाद पौडेलले ।
विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय पौडेल बौद्धिक नेता हुन ।कुशल संगठकको रूपमा समेत उनको चर्चा हुने गर्छ । जनतामा चाडैं घुलमिल हुने उनको स्वभाव छ ।
युवाहरू राजनीतिमा कम भइरहेको सन्दर्भमा पौडेलले मेयर पदमा उम्मेद्बारी दिने घोषणाले स्थानीय युवाहरूमा उत्साह छाएको छ । स्थानीय स्तरमा समाजसेवी ब्यक्तित्व बनाएका पौडेल कालिका गाउँ पालिका हाक्न सक्ने उम्मेद्बार ब्यक्तित्व हुन । उनको मेयर हुने सम्भावना प्रवल देखिएको छ ।



