सरला धरेलको एक गजल


गजल

मेरो यी आँखामा हेर रहर कति कति
मिसिएको छ रगतमा जहर कति कति

मान्छेको भिडमा पनि जहिल्यै हुन्छु एक्लै
आफू आफैंमा हराउने शहर कति कति

अधुरै छन् जिन्दगी बास्तविकता अर्कै
झस्काउने ती सपनाका लहर कति कति

यसमा तपाइको मत