सकिन्छ पक्कै टाकुरा चढ्न , जहाँ हामीले खोजेको घाम लाग्छ

- रत्न प्रसाद अनामणी श्रेष्ठ , बनेपा -४ ,नाला ,काभ्रे


निस्वार्थ पाइतालाहरुलाई बिश्वास गर्नु

सकिन्छ साथी पक्कै टाकुरा चढ्न

पहाडको  टाकुरा चढेर नै हामी हुर्केका हौ ।

हाम्रा खुट्टाहरुलाई कमजोर नठान

तिनै खुट्टाहरुले हजारौ माइल भोकै र नाङ्गै

लोभमा नफसी कसैको

चाकाडी नगरी कसैलाई

निरन्तर ती भोका नाङ्गाको साथमा साथ मिलाउंदै

हिजो पनि हिडियो र आज पनि  हिड्दैछौ

लाग्छ एक दिन त्यो क्षण पनि आउनेछ

गरिबका आँशु पुच्छ्ने दिन

जहाँ रगत सबैको एउतै हुनेछ

हुने छैन जातपातको रंग

हुने छैन ठुलो र सानो

लाग्नेछ सबैलाई एकै प्रकारको घाम

सबैको भरिएको पेट

*************

गल्छिहरुले छेकिने छैन

छैनन् ती चट्टानहरुले अवरोध

ती मिलेका फाँटहरुमा

हुनेछ बिचार मिलेका खेती

र कसैको गुण गान गर्ने

बज्ने छैनन् पाखण्डी भजनहरु

नाताबाद , कृपावादका रागहरु

घन्किने छैनन् छुट अछुतका भाकाहरु

त्यसैले हिडिरहे पुगिन्छ

एक दिन त्यो पहाडको टाकुरामा

शितल मनै आनान्द हुने

जहाँ सबैलाई बराबरी

हामीले खोजेको घाम लाग्छ।

 

 

 

 

 

यसमा तपाइको मत