ब्यबस्था फेरियो नुवाकोटको अबस्था उस्तै : अधिवक्ता रामेश्वर भण्डारी


नेपालको राजधानी काठमाडौसँग जोडिएको जिल्ला नुवाकोट बिकासको दृष्टीकोणले किन पछी पर्न गयो भन्ने सवालमा आज आम नुवाकोट बासीहरुको चासोको बिषय बन्न पुगेको छ । नेपाल निर्माणकार्य सुरुवात भएको एतिहासिक जिल्ला नुवाकोट जसको नाम ७७ जिल्ला भन्दा अगाडी छ । नेपालको एतिहासिक जिल्लाको रुपमा लिएको ठाउँमा बिकास चाहि कि हुन सकेन कारण के हो भन्ने कुराको खोजी गर्नुपर्ने दिन आएको छ । नुवाकोटका जनताले कहिले बिकास पाउने हो त भन्ने सवालमा सबैले एउटै धारणा बनाउनु पर्ने देखिन्छ । राजा पृथ्वीनारायण शाहको पालामा नै राजधानी रहेको जिल्ला सबैकुराले सम्पन्न उत्तरी छिमेकी देश चीनको सिमा नजिक भएको अनि राजधानीसँग आफ्नो सिधा सिधा सबै कुरामा सम्बन्ध हुदा पनि नुवाकोट जिल्ला बिकासबाट पछि पर्नुका कारण चाहि पहिलो कुरो के होला भन्दा नुवाकोटमा हुने गलत राजनिती सस्कार नै हो भन्न सकिन्छ । नेपालको निर्माण कार्यमा नुवाकोटबाट खेलिएका भूमिकाको बारेमा बताउनु पर्ने कुरै छैन सबैले नेपालको इतिहास पढदा सबैले थाहा पाएकै छ्न । काठमाडौ राजधानीलाई हात पार्ने पृथ्वीनारायण शाहले नुवाकोट जसरी पनि आफ्नो कब्जामा लिने अठोट गरे अनि सफल पनि भए र आज यो सिगो मुलुक नेपाल हुनमा हामी नेपाली अनि नुवाकोटबासीले गौरब गरेका छ्न । मुलुकको राणाकालीन अबस्थामा समेत राणाहरुको मामा घर अनि काठमाडौमा खाने चामल तरकारी फलफूल माछा लगाएत अन्य खाध्यबस्तुको निर्यात गर्ने जिल्ला अहिले आर्थिक/सामाजिक रुपमा अनि बिकासमा धेरै नै पछि पर्नु गलत राजनीति कारण नै हो । नुवाकोटले खोजेको अनि रोजेका मान्छेलाई नुवाकोटले नेता बनाउन सकेन । राणाकालीन अबस्थापछि मुलुकमा २००७ सालपछि प्रजातन्त्र आएपछि पनि नुवाकोटको बिकासमा प्रगति हुन सकेको पाइदैन । मुलुकको राजनीति २०१७ सालमा आएर राजा महेन्द्रले प्रजातन्त्रलाई कु गरेपछि पन्चायत शासन मुलुकमा आयो अनि पन्चायत शासनकालमा केहि मात्रामा बिकासका आधारभुत काम भएको पाइन्छ ।

पन्चायतकालमा नुवाकोटले अर्थमन्त्री देखि प्रशासन क्षेत्रमा पनि थुप्रैपटक नुवाकोटेलाई शक्ति र पदमा पुराउने भुमिका समेत पुरा गरेको देखिन्छ । पन्चायत शासनकालमा बालाजु बाइपास त्रिशुली सडक अनि गल्छि सडकको सुरुवात भएको पाइन्छ । केहि मात्रामा भए पनि बिकासका आधार पन्चायत शासनकाल भएको हामीले पाउन सक्छौ । मुलुकको राजनीतिले २०४६ सालमा फेरि नयाँ मोडलिन गयो नेपालमा पन्चायत शासनको अन्त्य हुन गयो अनि नेपालमा फेरि बहुदलीय प्रजातन्त्रको शासन ब्यबस्था आयो । नुवाकोटका जनतामा प्रजातन्त्रको शासन ब्यबस्थामा सबै प्रकारका आर्थिक/सामाजिक अनि बिकास निर्माणका काम होला भनि नुवाकोटे जनता बिश्वासमा थिए तर बिडम्बना तेसो हुन सकेन्न । नुवाकोटले फेरि २०५१ पछि लामो समय केन्द्रिय मन्त्रीहरू अनि २०औ बर्ष सम्म अर्थमन्त्री पायो । बिकासको कुरा गर्दै सबै समय बिताउने अनि मन्त्री खाने काम नुवाकोटमा भयो तर नुवाकोटका केहि टाठाबाठाले आफ्नो जागिर अनि काठमाडौमा घरघडेरी जोडने छोरा छोरीलाई राम्रो शिक्षा दिन सफल भए तर जिल्लाको बिकास हुन सकेन । मुलुकले माओवादी जनयुद्ध ब्यहोर्दै राजतन्त्रलाई हटाउने काम समेत गर्यो । नुवाकोटबाट काग्रेस एमाले राप्रपा अनि माओवादीहरु पनि राज्यको मुख्य ठाउँमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सफल भए तर नुवाकोट अबस्था उस्तै छ । राजधानीबाट नजिक जिल्लाको सडक अनि यातायात क्षेत्रमा भएको लापरबाहीको कारण सडक दुर्घटना अनि सडकको हालतलाई हेर्दा त्यहाँका नेतालाई लाज लाग्नुपर्ने हो त यिनिहरुलाई लाज लाग्दैन उल्टै नुवाकोटको समृद्धि अनि बिकास भन्दै जनतालाई झुक्याउने काम गरिरहेका छ्न । स्थानीय सरकार आएको पनि अब दोस्रो कार्यकाल हुन थालेको छ । सिहदवार गाउँगाउँमा भनि प्रचारप्रसार गरिरहेका छ्न । गाउँको बिकासमा साच्चिकै बिकास गर्ने सक्ने मान्छे भन्दा पनि ब्यपारी अनि ठेकदारहरुको कब्जामा गाउपालिका र नगरपालिका परेको छ ।राम्रो मान्छेलाई अगाडी पर्न समेत नदिने अबस्था आज नुवाकोटमा सिर्जना भएको छ । राजनितीमा राम्रो मान्छे भन्दा पनि नेताका झोले अनि पैसा र बल भएकाले पाटीमा कब्जा जमाएका छ्न । उनिहरुलाई नुवाकोटका जनता अनि नुवाकोटको बिकासको मतलब छैन आफ्नो अनि हाम्रो भन्ने प्रवृत्तिबाट अगाडी बढेको नुवाकोटको राजनीतिका कारण नुवाकोट बिकास हुन सकेन ।

नुवाकोटको बिकास गर्ने धेरै अबसर पाएको नुवाकोटले असल नेता नपाएको कारण नुवाकोट बिकास हुन सकेन आज नुवाकोट अबस्थालाई हेर्दा लाग्छ राजधानी नजिकैको कर्णाली भन सकिन्छ । नुवाकोटका ठुला नेता हु भन्नेहरुले अझ हामी बिकास प्रेमी हुँ भन्न छाडेका छैनन । । अब नुवाकोटको बिकासमा आम नुवाकोटबासी आमा बुवा दाजुभाइ दिदिबहिनी सचेत हुनु पर्ने बेला आएको देखिन्छ । साच्चिकै नुवाकोटको बिकासमा लागि पर्ने राम्रो मान्छे खोजिगर्नु पर्ने बेला आएको छ ।

यसमा तपाइको मत