तरिका

- रसुवाली कवि


पुरेतहरु पवित्र हुन्छन
एउटा तरिका हो
पुरेतहरुमा पनि कमजोरी हुन्छ
यो अर्को तरिका हो
मेरो जात महान हो
यो एउटा तरिका हो
मेरो जातमा पनि समस्या छ
यो अर्को तरिका हो
बुद्धलाई देउता वनाउ
यो एउटा तरिका हो
बुद्धलाई जीवनमा अपनाउ
अर्को तरिका हो
द्वन्द्वात्मक गतिको नियम मात्र
सत्य हो दुनियाँमा
बुझ दुनियाँको सरल सत्य / दुनियाँको खास तरिका
धर्मको चस्मा फुकाल धार्मिक मान्छे
संस्कारको जालो तोड संस्कारी जन
भूगोलको सिमा तोड भौगोलिक मान्छे
मानिसको अन्तर्राष्ट्रिय जात हुन्छ
गतिशील समयको प्रवाहवान उज्यालोलाई
छेक्न सक्दैन
एक मुठ्ठी तुसारो र एक पसर अध्यारोको झिल्काले

यसमा तपाइको मत