मधेशनंदिनी एवम विदुषि डा. मञ्चला झाद्वारा हिन्दीमा लेखिएको शोधपूर्ण ग्रन्थ ‘महाकवि विद्यापति और नेपाल’ समीक्षाका लागि पढ्दै गर्दा मधेशको सप्तरी जिल्लामा पर्ने गोविन्दपुर गाउँको किशोरावस्थासम्मको जीवनकालमा छर–छिमेकका बुढापाकाहरूले बिहान बिहानै गाउने गरेका विद्यापति पदावलीका गीतहरू कानमा गुञ्जने गरेको सुखद अनुभूति यस समिक्षकलाई भएर आयो । साथै २ सय पृष्ठको उपर्युक्त कृति एउटा अमूल्य वस्तु प्राप्त भएसरह लाग्यो । किनभने विद्यापतिको सम्बन्धमा सामान्य जानकारी भए पनि त्यति विस्तृत जानकारी प्राप्त हुनसकेको थिएन, जति यस पुस्तकबाट प्राप्त भयो । जस्तै, ‘१२ वर्षसम्म सप्तरी जिल्लाको राजबनौलीमा बसेर विद्यापतिले साहित्य सेवा गरे । ‘लिखनावली’ कृति राजबनौलीमै बसेर तयार पारे, आदि आदि ।’ ललितपुरको पाटनको कृष्णमन्दिरमा गाइने भजन तथा काठमाडौंका नेवाः समुदायले आ–आफ्ना घरमा आरती गर्दा भज्ने भजनहरू पनि विद्यापति रचित नै हुन् भन्ने कुरा प्रकाशमा ल्याउँदै प्राज्ञ डा. उषा ठाकुर, अनुवाद विभाग प्रमुख, प्रज्ञा प्रतिष्ठानले पुस्तकको आफ्नो अभिमतमा लेख्दछिन् – ‘यस कुराको पुष्टि विद्वान सत्यमोहन जोशीले पनि गर्नुभएको छ ।’अभिमतबाट विद्यापति पदावली मल्लकालदेखि नै काठमाडौं उपत्यकामा प्रचलित रहेको र त्यहाँ गाइने मच्छिन्द्रनाथ मृदंग भजनहरूमा विद्यापति पदावलीका पचासवटा भजन संग्रहित रहेका कुरा लेखिकाले पनि उल्लेख गरेको जानकारी भयो । अनेक भारतीय विद्वान एवम् लेखकहरूले विद्यापतिकृत विभिन्न ग्रन्थहरूको आधारमा अनेक पुस्तकहरू लेखेका भए पनि नेपालबाट विद्यापतिको सम्बन्धमा हिन्दी भाषामा लेखिएको सम्भवतः यो पहिलो पुस्तक हो र पाठकहरूसामु यो पुस्तक प्रस्तुत गरेर विद्यापतिप्रति मैथिलीभाषी एवम् साहित्य अनुरागीको रूपमा श्रद्धाभाव राख्ने विदुषी लेखिका मञ्चला झाले नेपाली साहित्य भण्डारमा एउटा अनमोल कृति थपेर प्रशंसनीय काम गरेकी छन् । अथक परिश्रम र ठूलो शोधका साथ यो ग्रन्थ तयार पार्ने क्रममा लेखिकाले नेपालको राष्ट्रिय अभिलेखागारमा विद्यापतिकृत अधिकांश ग्रन्थहरूको पाण्डुलिपि फिल्मांकन गरिराखिएको भेट्टाइन ।विद्यापति मैथिली भाषाका वाल्मिकी
- कवि प्रकाशप्रसाद उपाध्याय (वरिष्ठ सञ्चारकर्मी एवम् लेखक)
मधेशनंदिनी एवम विदुषि डा. मञ्चला झाद्वारा हिन्दीमा लेखिएको शोधपूर्ण ग्रन्थ ‘महाकवि विद्यापति और नेपाल’ समीक्षाका लागि पढ्दै गर्दा मधेशको सप्तरी जिल्लामा पर्ने गोविन्दपुर गाउँको किशोरावस्थासम्मको जीवनकालमा छर–छिमेकका बुढापाकाहरूले बिहान बिहानै गाउने गरेका विद्यापति पदावलीका गीतहरू कानमा गुञ्जने गरेको सुखद अनुभूति यस समिक्षकलाई भएर आयो । साथै २ सय पृष्ठको उपर्युक्त कृति एउटा अमूल्य वस्तु प्राप्त भएसरह लाग्यो । किनभने विद्यापतिको सम्बन्धमा सामान्य जानकारी भए पनि त्यति विस्तृत जानकारी प्राप्त हुनसकेको थिएन, जति यस पुस्तकबाट प्राप्त भयो । जस्तै, ‘१२ वर्षसम्म सप्तरी जिल्लाको राजबनौलीमा बसेर विद्यापतिले साहित्य सेवा गरे । ‘लिखनावली’ कृति राजबनौलीमै बसेर तयार पारे, आदि आदि ।’ ललितपुरको पाटनको कृष्णमन्दिरमा गाइने भजन तथा काठमाडौंका नेवाः समुदायले आ–आफ्ना घरमा आरती गर्दा भज्ने भजनहरू पनि विद्यापति रचित नै हुन् भन्ने कुरा प्रकाशमा ल्याउँदै प्राज्ञ डा. उषा ठाकुर, अनुवाद विभाग प्रमुख, प्रज्ञा प्रतिष्ठानले पुस्तकको आफ्नो अभिमतमा लेख्दछिन् – ‘यस कुराको पुष्टि विद्वान सत्यमोहन जोशीले पनि गर्नुभएको छ ।’अभिमतबाट विद्यापति पदावली मल्लकालदेखि नै काठमाडौं उपत्यकामा प्रचलित रहेको र त्यहाँ गाइने मच्छिन्द्रनाथ मृदंग भजनहरूमा विद्यापति पदावलीका पचासवटा भजन संग्रहित रहेका कुरा लेखिकाले पनि उल्लेख गरेको जानकारी भयो । अनेक भारतीय विद्वान एवम् लेखकहरूले विद्यापतिकृत विभिन्न ग्रन्थहरूको आधारमा अनेक पुस्तकहरू लेखेका भए पनि नेपालबाट विद्यापतिको सम्बन्धमा हिन्दी भाषामा लेखिएको सम्भवतः यो पहिलो पुस्तक हो र पाठकहरूसामु यो पुस्तक प्रस्तुत गरेर विद्यापतिप्रति मैथिलीभाषी एवम् साहित्य अनुरागीको रूपमा श्रद्धाभाव राख्ने विदुषी लेखिका मञ्चला झाले नेपाली साहित्य भण्डारमा एउटा अनमोल कृति थपेर प्रशंसनीय काम गरेकी छन् । अथक परिश्रम र ठूलो शोधका साथ यो ग्रन्थ तयार पार्ने क्रममा लेखिकाले नेपालको राष्ट्रिय अभिलेखागारमा विद्यापतिकृत अधिकांश ग्रन्थहरूको पाण्डुलिपि फिल्मांकन गरिराखिएको भेट्टाइन ।


