काभ्रेको नालामा जन्मिएका व्यक्तिहरुलाई त्यहाँको प्राकृतिक सजिब बस्तु सम्झन दिने हो भन्ने सब भन्दा पहिले तेल पोखरीको मसलाको रुख नै सम्झिन्छ होला । किन उक्त रुखलाई सम्झन पुग्छ त ? त्यो रुखलाई सम्झनु पर्ने कारण के छन त ? गणतन्त्र आउनु भन्दा अगाडीका हरेक नालाका बाल बालिकाहरु उक्त स्थानमा पुगेकै हुन्छ। नाला भरिमा सबै भन्दा ठुलो र बुढो रुख पर्दछ। हरेक साल उक्त रुखमा मसिनो फुल फुल्दछ। फुल फुले पछि त्यसमा स साना सोली आकारको माला उन्न मिल्ने बस्तु झर्दछ। त्यसलाई मालामा उनेर रमाइलोको लागि नाला भेगका बच्चाहरुले लगाउछन। तिनीहरुका लागि यो स्मरणीय क्षण बनेको हुन्छ त्यसले त्यस भेगका बालबालिकाहरु यो रुखलाई सम्झनछन।
आज फेरी मैले कान्तिपुर दैनिक पत्रिकाको कोसेलीमा रमेश भुसालको रुखको कथा “रुखले लेखेको पृथ्वीको इतिहास ” पढे पछि त्यो मसला रुखको ज्यादै याद आयो। बास्तबमा रुखले पनि सत्य इतिहास लेख्दो रहेछ बरु मानिसले लेखेको इतिहास आफ्नो अनुकुलको लेख्छन र झुठो पनि हुन सक्छन तर रुखले लेखेको इतिहास कहिले पनि झुठो हदैन। आउनु होस उक्त लेखमा उल्लेख भएका केहि उधाहरण हेरौ
पछिल्ला केही दशकमा रूख खोपेर इतिहास खोज्ने विज्ञान नै मौलाएको छ, जसलाई डेन्ड्रोक्रोनोलोजी भनिन्छ । नेपालमा पनि यसरी सयौं रूखलाई खोपेर जलवायु इतिहास लेख्न थालिएको दुई दशकभन्दा बढी भइसक्यो । मेरा एक मित्र नारायण गैरेले ‘इतिहासकार रूखबारे’ विद्यावारिधि गरेका छन् । उनी विगतका एक दशक यस्तै पुराना रूख खोज्दै हुम्ला, डोल्पा, सगरमाथा सबैतिर पुगेका छन् ।
तिनी रूख खोपेर काठको सुइरो निकाल्छन् र त्यसलाई पढेर उमेर पत्ता लगाउँछन् । ती रूखमा लेखिएका सयौं वर्षअघिका जलवायु इतिहास केलाउँछन् । रूखहरू पृथ्वीमा सबैभन्दा लामो बाँच्ने सजीव प्राणी हुन् । अहिले पृथ्वीमा उभिएका केही रूखहरूले पूरै मानव सभ्यताको उतारचढाव देखेका छन् । अहिले अमेरिकाको क्यालिफोर्नियामा भएका व्रिस्टलकोन पाइन अर्थात् एक किसिमको सल्लो मात्रै पनि पाँच हजार वर्ष पुरानो छ । र, उभिएकै छ । जुनबेला इजिप्टमा पिरामिडसम्म उभिएको थिएन, त्योबेला जन्मेको मेथुसेलह नाम गरेको त्यो सल्लोले पूरै मानवसभ्यता भोगेको छ । पुँजीवाद, मार्क्सवाद, साम्यवाद, समाजवाद त जाबो केही सय वर्ष मात्रै अघि जन्मेका हुन्, जसबारे सापिएन्स बडो बहस गरिबस्छ ।
अघिल्लो बर्ष गैरेले हुम्लाको सिमकोट नजिकैको डाँडाफायामा उभिएको गोब्रेसल्लो खोपेर सन् १,७८० देखि २००८ सम्मको जाडोको न्यूनतम
तापक्रम निकालेका थिए । अनुसन्धानले हिउँदको न्यूनतम तापक्रम बीसौं शताब्दीको सुरुवातदेखि नै निरन्तर बढिरहेको देखाएको थियो, तर शताब्दीको पछिल्लो समय त्यो दर बढ्दो देखिएको थियो । रूख हरेक वर्ष एक घेरो गोलाइ फिँजारिन्छ । जति धेरै घेरा त्यति वर्षको रूख । तर, त्यस वर्षको जलवायु चक्र भने माइक्रोस्कोपले नै पढ्नुपर्छ । कुनै पनि फेरबदललाई उनीहरूले हिसाबकिताब गर्छन् र त्यो वर्षको तापक्रम निकाल्छन् वा कति वर्षा वा खडेरी के थियो भन्ने जाँच्ने गर्छन् । विगतको ६ सय वर्षसम्मको जलवायु सूचनासमेत निकालिएको छ नेपालमा । गैरेले डोल्पाको एउटा सल्लोको ४०५ वर्ष लामो उमेर–तालिका पढेर सन् १,७०७ मा निकै खडेरी परेको वर्ष थियो भन्ने निष्कर्ष निकालेका छन् । त्यो रूखले सन् १७५६ देखि १७६८, भारतको इस्ट इन्डिया खडेरी नामक १७९० देखि ९६ सम्मको खडेरी पछिल्लो अर्थात् भिक्टोरियन ग्रेट ड्रट नामक १८७६ देखि ७८ सम्मको खडेरीको इतिहास कैद गरेको गरेको अनुसन्धानले देखाएको थियो ।”
यस्तो लाग्छ, रूखको पनि देश हुन्छ, प्रदेश हुन्छ, गाउँपालिका हुन्छ, वडा हुन्छ । तिनको आफ्नै समाज हुन्छ, तिनको आफ्नै संसार हुन्छ । जर्मन अनुसन्धानकर्ता पिटर वेलेवेनले लेखेको किताब ‘द हिडन लाइफ अफ ट्रिज : ह्वाट दे फिल, हाउ दे कम्युनिकेट’ मा रूखलाई सामाजिक प्राणी भनेका छन् र तिनले कुराकानी गर्छन् भन्छन् । उनी अफ्रिकाको खयर प्रजातिको रूखले जिराफले पात खान सुरु गर्यो भने एउटा रसायन उत्पादन गर्छ र हावामा फाल्छ भन्छन् । र, त्यो गन्ध सुँघेर छिमेकी रूखहरूले जिराफ उनीहरूसम्म आउनुअघि नै हावामा विषाक्त रसायन फालिदिन्छन्, जसका कारण तिनको पात जिराफले खान सक्दैन । पिटरले लेखेका छन्, ‘केही रूख यति सामाजिक हुन्छन् कि ढालिएपछि बाँकी रहेको ठुटोलाई पनि सयौं वर्षसम्म बचेका रूखहरूले चिनी र अन्य तत्त्व खुवाएर बचाइराख्छन् । (कान्तिपुर दैनिक,कोसेली शनिबार ,४ असार२०७९)
उक्त ऐतिहासिक रुखलाई बचाउनु नाला भेगका मानिसहरुको लागि निकै महत्वपूर्ण हुन आउँछ। यस रुखले शितल छाहारिको रुपमा शितलता प्रदान गर्दछ। प्राकृतिक शोभा दिन्छ। बिभिन्न चराचुरुंगीहरुलाई बासस्थान दिन्छ। वाताबरणको प्रर्दुशन कम गर्दछ। तेल पोखरीको पनि शोभा बढाउँछ। यस रुखले मानिसका थुप्रै पुर्खा देखि सके होलान। आजको बैज्ञानिक युगमा यहि रुखबाट थुप्रे कुराहरु पट्टा लगाउन मद्दत गर्दछ। त्यस क्षेत्रको बिगतका कयौ बर्षको जलबायु सम्बन्धि अध्ययन गर्न सकिन्छ। ठाँउको परिचय दिन्छ। एक दुई जनाको क्षणिक स्वार्थको कारणले यसलाई मास्नु हुदैन। नगर पालिकाले पनि बेलैमा यस तर्फ ध्यान दिनु जरुरि देखिन्छ। छिट्टो भन्दा छिटो यस रुखको बारेमा संरक्षण गर्नुका साथै यस सम्बन्धि अध्ययन जरुरि देखिन्छ।
तेल पोखरीको मसलाको रुखलाई जोगाऔ बाजेले संरक्षण गरेको रुखलाई नातीलाई सुम्पौ