बर्से सबैले

- आस्था निरौला


बिर्से राष्ट्रिय गान सांसद सबै बिर्से सबै शान जो
केही छैन विवेक उच्च पदको सम्मानको ज्ञानको
बिर्से देश र गान शान सबले बिर्सेर राष्ट्रियता
बिर्से देश विकासमा नगरको बिर्से सबैले उता
बिर्से देउसिरे सपर्व अहिले बिर्से दिनै आशिक
बिर्से मादल गाउँको रितिथिती बिर्से सही सात्विक
चौबन्दी फरिया र गुन्यु अहिले बिर्से सबैले किन
थाले रम्न अचेल मानव सबै पाश्चात्यमा देखिन
बिर्से गाउँ र ठाउँका रमझमै बिर्सेर पाखाहरु
बा’आमा परिवारको सब खुसी बिर्से सबै के गरू
पैसामा मति जान्छ मानव सधै चिन्दैन आफ्नो पन
कोही छैन अचेल सत्य पथमा स्वार्थी रहेछन् जन
बिर्से धर्म परम्परा चलन जो बिर्से सबै सभ्यता
थाले गर्न यहाँ अवैध सबले हत्या र हिंसा सदा
मर्यादा परिवारको चलनको बिर्से सबै पालना
कस्ले सोच्छ विचार गर्छ अहिले स्वदेशको भावना

यसमा तपाइको मत