सखी प्रतिष्ठानको आयोजनामा धान रोपाइँ


सखी प्रतिष्ठानको आयोजनामा गत बर्ष झैं २०७९ असार १२ गते आइतबार धान रोपाइँको कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रम टोखा, काठमाडौंमा आयोजना गरिएको थियो। अगिल्लो बर्ष भने भक्तपुरमा आयोजना गरिएको थियो। सो धान रोपाइँ कार्यक्रम सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न भएको थियो भने ९० बर्षीय सावित्रा ओली प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसाल, सचिव रुपा पौडेल र सदस्यहरु ज्ञान्दरी कैनी, नीशा रिमाल, शशि थापा पण्डितसहित अन्य साहित्यकारहरु रुद्र अधिकारी, निर्मल पराजुली, मुरारी सिग्देल, रेखा यादव, अंशु आाचार्य, रविन्द्र आशिष शैली, नीशा कै सी, उषा के. सी., पारु तिमिल्सिना, मधु पाठक, अनेसास BOT अध्यक्ष गीता खत्री, नेपाल च्याप्टरकी उपाध्यक्ष कमला ओली तथा तीर्थ भट्ट, पुनम ओली, अनिलनाथ उप्रेती, सिर्जना रानी बर्मा, देवराज डंगोल तथा चैतलाल महर्जन र रोशनी महर्जन आदिको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत