ढाका विश्वविद्यालयका विद्यार्थीले आफ्नो मातृभाषाका लागि संघर्ष गर्दै जीवन बलिदान दिएका फेववरी २१ तारिका दिन थिए । यही दिनको सम्मानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो।
कुनै पनि भाषा त्यो समुदायको प्राण हो र यसले आफ्नो गौरवपूर्ण पहिचान दिईरहेको हुन्छ।
कुनै पनि समुदायको मातृभाषा संकटग्रस्त भएपछि उक्त भाषाले संगै ल्याएका सु सभ्यता र संस्कृतिहरु सबै आफै लोपको अवस्थामा पुगिन्छ।
विं सं.२०२२ सालमा काठमाडौं उपत्यकमा नेवार मातृभाषाभाषीको मंकाखलद्वारा अभियानको थालानी भयो। यसले केही भएपनि नेवार मातृभाषासँगै नेवारी संस्कृति र सभ्यताको संरक्षण र संवद्र्धधन बचाउनमा ठुलो सहयोग गर्यो।
नेपालमा रहेका जतिपनि मातृभाषाभाषाहरु छन तिनको दुरावस्थाको कारण राज्य, सरकार, नेपाली भाषाको एक पक्षीय हैकमका कारण अन्य भाषा भाषीहरुको खासै उन्नति गर्न सकिएको छैन।
मानिसको सभ्यता र संस्कारको सम्वाहक नै मातृभाषा हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक बिकाश हुन असम्भव हुन्छ। मातृभाषाले देशका बिभिन्न समुदायको राष्ट्रियतालाई मजबुत बनाउँदछ र देश प्रेमको भावनालाई अझ उच्च बनाउँछ । मातृभाषा प्रत्यक समुदायहरुको आफ्नै आत्माको आवाज हो ।



