नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशन घोषणा


काठमाडाैं,नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशन घोषणा भएको छ । आगामी जुलाई ३१ तारिख नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ७ औँ अधिवेशन हुने निश्चित भएको हो । अधिवेशन घोषणा भएसँगै अध्यक्ष पदमा पत्रकार सविना कार्कीले उम्मेदवारी दिने भएकी छिन् । कार्कीले आफ्नो फेसबुक एकाउन्ट मार्फत एक स्टाटस लेख्दै अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएकी हुन् । पत्रकार कार्कीले आफू निर्वाचित भए महासंघ कोरिया शाखालाई अबको कार्यकालमा उदाहरणीय काम गर्ने बताएकी छन् । कोरियामा रहेर पत्रकारिता गर्दै आएकी कार्कीले अब पत्रकार महासंघको कोरिया शाखामा गएर शाखाको गरिमालाई उच्चता दिँदै पत्रकारहरूको हकहितका लागि काम गर्ने बताएकी छन् ।

]अबको दिनमा पत्रकार महासंघ कोरिया शाखाले प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई सम्मान गर्नु राम्रो हुने र आफू अध्यक्ष पदमा निर्वाचित भए यो व्यवस्थाको थालनी गर्ने बताएकी छन् । आफ्नो महत्वपूर्ण ५ वटा एजेन्डाहरू सहित आएकाले आफ्नो जित सुनिश्चित हुने भन्दै उनले सेतोमाटोसँग आफू निर्विरोध अध्यक्ष हुने बताईन । कार्की कोरिया आउनु अघि प्राईम टेलिभिजनका कार्यरत थिईन् । कोरिया आएपछि पनि देश परदेश तथा देश संसार कार्यक्रम सञ्चालन गरीरहेकी छिन् । उनी हाम्रोकान्तिपुर डट कमकी उपसम्पादक समेत हुन् । पत्रकार महासंघ शाखा कोरियाको जुलाई ३१ तारिखमा अधिवेशन कार्यक्रम तोकिएको छ । कार्यक्रम राजधानी सिओलमा हुने शाखाले एक सूचना मार्फत जानकारी यसअघिनै गराइ सकेको छ । अधिवेशन याे भन्दा पहिले जुलाई १७ तारिख हुने भनिए पनि विशेष कारणले सार्नु परेकाे महासंघका एक सदस्यले जानकारी दिए । अब महासंघ शाखाकाे अधिवेशन कार्यक्रममा जुलाई ३१ तारिखमा हुनेछ ।

यसमा तपाइको मत