सम्यक सन्देशको छैठौं वार्षिकोत्सव सम्पन्न


 

वरिष्ठ बौद्ध विद्वान डा. लक्ष्मण शाक्य (पूर्व भिक्षु सुशोभन) र वरिष्ठ बौद्ध विदुषी प्रा. डा. रिना तुलाधरललाई भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको छ । समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देशले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरमा शाक्य र तुलाधरललाई सम्मान गरेको हो । काठमाडौको संघाराम विहारमा आयोजित कार्यक्रममा संघाराम विहारका प्रमुख, सम्यक सन्देशका सल्लाहकार एवं भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारका संयोजक श्रद्वेय भिक्षु उपतिस्स महास्थविरले ११११ नगद राशीसहित उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।

बौद्ध अध्येता एवं लेखक श्यामलाल चित्रकारको सभापतित्वमा भएको समारोहमा एन एण्ड जे इन्टरटेन्टमेन्ट एन वाइ इन्क अमेरिकाकी प्रमुख एवं वरिष्ठ साहित्यकार कमला प्रसाईं, वरिष्ठ नियात्राकार एवं बौद्ध अध्येता घनश्याम राजकर्णिकार,सूचक प्रकाशनका संरक्षक एवं भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारका उपसंयोजक समाजसेवी कृष्ण बहादुर श्रेष्ठ, बौद्ध विद्वान एवं लेखक प्रा. मदनरत्न मानन्धर, प्रा. डा. महेन्द्ररत्न शाक्य, सम्यक सन्देशका सल्लाहकार एवं प्राचार्य तिर्थरत्न शाक्य, साहित्यकार देवेन्द्र अर्याल, उपासक हरिमान रन्जित, दियो फाउन्डेसनका अध्यक्ष समाजसेवी सरस्वती काफ्ले, पत्रकार कुमार रन्जित लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
समारोहमा देवेन्द्र अर्याल, मदनरत्न मानन्धर,
दीपक भेटुवाल (दीपसागर), पत्रकार कुमार रन्जित, तिर्थरत्न शाक्य, डा. महेन्द्ररत्न शाक्य लगायतका व्यक्तिहरुले सम्यक सन्देश, भिक्षु अश्वघोष र सम्मानित व्यक्तिहरूका बारेमा आआफ्नो दृष्टिकोण राखेका थिए ।

बिसको दशकदेखि स्वदेश र विदेशमा विभिन्न क्षेत्रको माध्यमबाट थेरवादी बुद्ध धर्म र बौद्ध संस्कृति, सम्पदा र बौद्ध संघसंस्थाको विकासमा दिनुभएको महत्त्वपूर्ण योगदानस्वरुप शाक्यलाई र नेपाल र नेपाली भाषा, साहित्य, अध्ययन, अध्यापन, अनुसन्धान र लेखनको माध्यमबाट थेरवादी बौद्ध धर्म र बौद्ध संस्कृतिको उत्थान, विकास र विस्तारमा दिएको महत्त्वपूर्ण योगदानस्वरुप तुलाधरलाई पुरस्कार अर्पण गरिएको
सम्यक सन्देशका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताए । यस्तै कार्यक्रममा साहित्यकार कमला प्रसाईं र सम्मानित व्यक्तित्वहरूले पनि आआफ्नो दृष्टिकोण राखेका थिए ।

यसमा तपाइको मत