लघुकथा:-” पृथ्वी गाेलाे छ ”
चिया गफ हुदा बिरेले खुव धक्कु लाउथ्थाे । मलाई नपुग्दाे के छ र? पैसा टन्न छ।केही पर्याे भने गाउँलेहरू छदैछन्। मलाई किन चाहियाे त्याे ।” भाइप्रति उसकाे नकारात्मक धारणा सुनेर गाउँलेहरू छक्क परे।
बिरेलाई गाउँलेहरू धनी सम्पन्नवाला ठान्थे। महँगाे ब्याज लिएर गाउँमा ऋण दिन्थ्याे ऊ। अप्ठ्यारो पर्दा गाउँलेहरू उसकाे घरमा पुग्थे। उसकाे बखान गरेर नुनकाे साेझाे गर्थे। बुढाबुढी मात्र घरमा, छाेरा बुहारी अष्ट्रेलिया । जीवन चलेकै थियाे बिरेकाे ।
आज चियागफमा बिरे आएन। उसकाे साेधखाेज गरे गाउँलेहरूले। ” बिरे दाइ! आज किन आएनन्? साहुनीले चिया बनाउँदै भनिन्~
“बिरे दाइ त हिजाे राती बेहाेस भएर हस्पिटल लगेकाे छ रे। धन्न भाइ चहिँ घरमै रहेछन् र हस्पिटल पुराईदिए नत्र के हुन्ग्याे कुन्नी?”
“पृथ्वी गाेलाे छ भनेकाे यहि हाे साहुनी ! एउटै काेखकाे भाइलाई दुष्मन ठान्थ्याे ऊ। शत्रुकाे ब्यवाहर गर्थ्याे। उसकाे घरमा बिहे व्रतबन्ध हुदाँ समेत भाइलाई सम्झदैन्थाे। एउटै करेसाे जाेडिएकाे भाइसँग पानी बाराबारकाे सम्बन्ध थियाे उसकाे। आखिर त्यहि भाइ काम लाग्याे। ” आजकाे चिया गफकाे बिषय बन्याे बिरे ।
पसल अगाडि यमुलेन्स राेकियाे। बिरेले झ्याल खाेलेर सबैलाई नमस्कार गर्दै भन्याे;
“बिदेशमा भएका छाेरा र बैकमा राखेकाे पैसा आफुलाई पर्दा तुरून्त काम नलाग्दाे रहेछ। पृथ्वी गाेल छ घुम्दै म भाइकाे समिपमा पुगे।”
तारा के.सी
२०७९/५/२२
काठमाडौं ।



