अतिसा (बुध्द )

- रत्न प्रसाद अनामणि श्रेष्ठ , काभ्रे बनेपा ,नाला -४



अतिसा एक बौद्ध धार्मिक नेता र गुरु थिए। उहाँलाई अतिशा दीपंकर श्रीज्ञान पनि भनिन्छ। उहाँ एशियामा ११ औं शताब्दीको महायान र 
वज्रयान बौद्ध धर्मको प्रसारमा प्रमुख व्यक्तित्वहरू मध्ये एक थिए। उहाँले बडो परिश्रम गरि तिब्बतदेखि सुमात्रासम्म बौद्ध धर्मको प्रचार प्रसार 
गरेका थिए। अटिसाका मुख्य शिष्य ड्रोमटन थिए। ड्रोमटनले नै बौध्द कदम स्कूलका संस्थापक थिए। उहाँ मध्ययुगीन बुद्ध धर्मको महान 
व्यक्तित्व मध्ये एक मानिन्छ। भारतमा रहेको बिहार विक्रमशिला मठमा ठुलो योगदान गरेका थिए। तिब्बतमा पनि बुध्द धर्म सबन्धित धेरै 
कार्य गरेको इतिहास पाइन्छ।   
अतिशाको जन्मस्थलको विक्रमपुर मान्दै आएको छ उक्त स्थान पालि साम्राज्यको राजधानी थियो यो दक्षिणपूर्वी बंगालको प्राचीन राज्यहरूको
 थियो।यो हाल बंगलादेशको मुन्शीगञ्ज जिल्लामा अवस्थित छ। हालसम्म पनि बौद्ध सांस्कृतिक, शैक्षिक, र राजनीतिक जीवनको प्रारम्भिक
 केन्द्रको रूपमा रही आएको छ। अतिसा पिता कल्याणचन्द्र र आमा श्री प्रभावती थिइन्। उहाँको बुबा राजा थिए। अझ साँच्चिकै भन्ने हो भने 
भारतको चन्द्र वंशका राजा श्रीचन्द्र उहाँका हजुर बुबा थिए। अतिसाको बाल्यकालको नाम चंद्रगर्भ थियो। राजा जंग चुप ले अतिसा गुगेमा आएको 
बेला अतिसा नाम दिइएको थियो।पछि यिनै नाम बाट प्रख्यात भए। 
  
तिब्बतीहरुका अनुसार अतीसालाई अट्ठाईस वर्षको उमेरमा मठाधीश शिलारक्षितद्वारा महासाङ्घिक वंशमा नियुक्त गरिएको थियो। उहाँ अध्यायन 
मा निकै चाख लिनु हुन्थ्यो। उहाँले वैष्णव, शैव, तान्त्रिक हिन्दू धर्म र अन्य शिक्षाहरू सहित आफ्नो समयका लगभग सबै बौद्ध
 र गैर-बौद्ध विद्यालयहरूको अध्ययन गरे। भनिन्छ उहाँ चौसठ्ठी कलाको ज्ञाता थिए। जब २२ बर्षको उमेरमा सम्पूर्ण अध्ययन पुरा गरि बौध्द 
धर्मको प्रचार प्रसारमा लागे। उनि लगनशिल हुनुका साथै पढाइ र तर्कमा शिपालु थुप्रै गुरुहरुसंग शिक्षा लिने गर्दथे। 


रालुङ मठमा अतिसाको भित्तिचित्र

एकताका उनी सम्राट धर्मपालद्वारा स्थापित विक्रमशिलामा भण्डारी वा मठाधीशको पदमा नियुक्त भएका थिए।बुद्ध धर्मको भ्रामक वा बिग्रँदै
 गएको अवस्थामा ति सबै कुराहरु आफ्नो तर्कले समाधान गर्दथे। कयौ पटक गैर बौध्दहरुसंग बादबिबाद चल्दा उहाँले सजिलै समाधान गरि 
चित्तबुझ्दो गरि पथाउंथे।   

आतिसा नेपाल हुँदै पुराङ राज्यको राजधानी टोलुङसम्म पुगेका थिए । त्यहाँ उनले तिन वर्ष बिताए। त्यहाँ रहंदा बुध्द धर्मको प्रचार प्रसारका 
साथै बौध्द शिक्षामा सम्पुर्ण समय बिताए। उहाँ संस्कृत भाषाको पनि राम्रो ज्ञान थियो। अतिसा नेपाल आउँदा उत्तर दक्षिणमा रहेको एउटा 
चैत्य पनि बनाउन लागाए भन्ने कथन छ। सो ठाउँमा अरु चार वटा पनि चैत्यहरु छन। उक्त स्थानलाई पांच माने भनेर अथवा नेवारीमा न्याग 
मणि भनेर चिनिन्छ। 
 







                
                

यसमा तपाइको मत