गोसाई कुण्ड नेपालको हिमाली भागमा रहेको एक महोत्वपूर्ण धार्मिक कुण्ड हो। रसुवा जिल्लाको  ४,३८० मिटर उचाईंमा रहेको गोसाइँकुण्ड हिन्दु, बौद्ध तथा बाेन्पाे धर्मावलम्बीहरुको पबित्र धार्मिक कुण्ड हो।  यस कुण्ड चौथाइ माइल फराकिलो रहेको छ। नेपालमा पाईने सरोबरहरु मध्य एक नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । गोसाइँकुण्डलाई आआफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने गरिन्छ त्यसैले हिन्दु, बौद्धहरू, बोन्पोहरुको साझा केन्द्र हो ।  गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ।हिन्दुहरुले शिव अथवा महादेव मानेर पुज्छन् भने बौद्धले आर्य अवलोकितेश्वर मान्छन् । तामाङ समुदाय भने जनैपूर्णिमामा आफ्नो तान्त्रिक शिध्दी प्राप्त गर्न झाँक्री बनेर पुजा गर्न  जान्छन् । त्यस बेला उनीहरुले `सेसे बोन्पो´ गीत गाएर  आफ्नो  मनोकामना पूरा गर्न देवतालाई नाचेर पुजा आज्ञा गर्दछन। प्राकृतिक सुन्दर र मनमोहक कुण्ड भएकोले हाल बिभिन्न समुदायका मानिसहरु पदयात्रा पनि गर्दछन।

गोसाई कुण्डलाई नेवारी भाषामा शिलु तिर्थ भनिन्छ। संस्कृत भाषाका बिभिन्न ग्रन्थहरुमा निलकण्ठ तिर्थ भनेर उल्लेख गरेको पाईन्छ। तिब्बतीहरुले उक्त कुण्ड रहेको पहाडलाई शिशापाङ्गमा भनिन्छ भन्ने स्थानीय तामाङ्गहरुले ग्वलछेन भनिछ। वास्तबमा यस कुण्डमा बर्षमा दसहारा र जनै पुर्णिमा गरि दुई पटक मेला लाग्दछ।

यस तिर्थस्थलमा यात्रा गर्न रसुवा जिल्लाको सदरमुकाम धुन्चेबजारदेखि ८-९ घण्टाको पैदल यात्राबाट जान सकिन्छ।  सीधै उकालो धुन्चेबाट लागेपछि फर्कुदेउराली, तानदेन डाँडाको उकालो, धिम्सा, चन्दनबारी, चोलाङ्गपाटी, लौरीविनायक हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ।  वास्तबमा गोसाइँकुण्ड  ४२६० मीटरको उचाईमा रहेको छ भने लौरी विनायक ४,३८० मिटरको उचाईमारहेको छ।   उंचाईको कारणले लेक लाग्ने हुन्छ । उच्च स्थलहरूमा हावामा अक्सिजनको मात्रा अत्यन्त कम हुने हुँदा टाउको दुख्ने, रिङ्गटा लाग्ने र कमजोर हुने र वान्ता समेत हुने गर्दछ।

गोसाई कुण्ड चारैतिर अत्यन्त कडा चट्टानका भिराला पहाडहरू छन् । यसमध्ये उत्तरतिरको पहाडलाई गोसाइँकुण्ड लेक भनिन्छ। यसको उचाई अझ बढि रहेको छ । यसै गोसाईंकुण्ड लेकको काखमा विशाल पोखरी फैलिएर रहेको छ। पोखरीमा आउने पानीको मुहान उत्तर तर्फको पहाडको भित्तामा रहेको त्रिशुलधारा नै हो भने निकास चाहिँ यसको दक्षिण पश्चिम केही होचो र खुला भाग हो, जहाँबाट पोखरीको पानी बाहिर जाने गर्दछ। यसरी निस्किएको पानी तल आई मैरवकुण्ड र सरस्वतीकुण्ड हुँदै पहाराबाट तल खसी अन्तमा त्रिशुलीनदीको रूप धारण गर्दछ। यहाँको चट्टान कडा भएको र हिउँदमा हिउँपर्ने हुनाले यहाँ खेतीपातीको त के रूख विरुवा समेत उम्रेका छैनन्। समथल परेका केही भागमा सुनपाती देख्न सकिन्छ भने यसदेखि केही तल्लो भागमा गोब्रेसल्लाको पातलो वन पनि छ। पुराणहरूमा वर्णित गोसाईंकुण्डको माहात्म्य पौराणिक, साहित्यिक एवम् धार्मिक पुस्तकहरूमा गोसाईंकुण्ड माहात्म्य बारे धेरै कथाहरू पाइन्छन्। यस सम्बन्धि अझ रोचक कथाहरू रामायण, महाभारत, स्कन्दपुराण, शिवपुराण तथा हिमवत्खण्डमा पाइन्छन्। पर्वतलाई

गाेसाइँकुण्ड बारे केही किंवदन्तीहरू

(१ ) हिन्दु किंवदन्ती:  पौराणिक किंवदन्ती अनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते। देवताहरू भगवान् विष्णुको शरणमा पुगेपश्चात् विष्णु भगवानको सल्लाह अनुसार दानव र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्य पान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइ फुल्याई समुन्द्र मन्थन गर्न सहमत गरा ए। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के । यसैक्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे । जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो ।यो अवस्था देखेपछि सबै देवता र दानव भगवान् शिवको शरणमा पुगेपछि, देवाधिपती महादेवले उक्त विष स्वयम् आफैँले सेवन गरे । विषले गर्दा उनको घाँटी निलो भएकाले महादेवलाई नीलकण्ठ पनि भनियो । विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे । त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूल धाराबाट उक्त पानी बगेर गई हालको गोसाईंकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ ।

 

(ख) हिन्दु किंवदन्ती: शिवजी र भैरव विषले रन्थनिएर शीतलताको खोजीमा हिमपर्वत निलाद्रीमा पुग्दा निक्कै गाह्रो स्थितिमा पुगिसकेका थिए । शिवजीले अब आफू अर्को पाइला चल्न नसक्ने भनेपछि भैरवलाई पानी ल्याउन भने । भैरव पनि जसोतसो पानीको खोजीमा निस्के । अलिक तल पुगेपछि सानो मुहान भेट्टाए । उनी पनि चलमल गर्न नसक्ने भए । सानो पानीलाई जसोतसो कुण्ड बनाएर त्यही पानीमा डुबुल्की मारेर बसिरहे । उनी शीतलताको आनन्द लिने क्रममा शिवजीको आदेश भुल्न पुग्छन् । निक्कै लामो समयसम्म पनि भैरव नआएको देख्दा शिवजी भित्र भयानक रिस जाग्छ  ।त्यसपछि उनको पालो त्रिशूल निकालेर पहाडमा हान्छन् । त्रिशूलले लागेर तीनतिर बाट पानीको मूल फुट्छ र त्यही मूलबाट पानीको प्यास मेटाएर शीतलता अनुभूति गर्छ न्। अनि भैरवलाई खोज्दै जाँदा अलिक तल कुण्डमा लमतन्न परेर बसेको देख्छन् । अनि गोसाइँकुण्डमा आएर आफूलाई सम्झेर कसैले वर मागे पूरा गर्छन् रे तर कसैले गोसाइँकुण्डमा आएर वर मागेर भैरवकुण्डलाई हेरेमा वर माग्नु र नमाग्नु बराबर हुनेछ भनेका छन् भन्ने विश्वास गरिन्छ । त्यसैले गोसाइँकुण्डमा वर मागेका तीर्थयात्रीहरू भैरवकुण्डलाई नहेरी फर्कन्छन् ।

(ग) बौद्ध किंवदन्ती: तिब्बतको भूगोलको किताब `द्जाम-ग्लिङ-ग्योस-बसाद´ ले तालमा भएको मूर्ति (फाग्स-पा थग्स्-ज्रे चेन-पो) अर्थात् अवलोकितेश्वरको मानेको छ । `त्यहाँ ताल जस्तो पोखरीमा मानव आकरको प्राकृतिक ढुङ्गाको मूर्ति  छ। त्यो मूर्ति खरानी-नीलो रङको छ, अनुहार गेरु रङको गलबन्दले ढाकेको छ र नौ ओटा गोमन सर्पका टाउकाले संरक्षण दिइरहेको त्यो मूर्ति पानीमा उत्तानो परेर सुतिरहेको जस्तो देखिन्छ ।´भनेर हर्क गुरुङले आफ्ना किताबमा पनि लेखेका छन् ।

(घ) बोन्पो किंवदन्ती: तामाङ समुदायमा प्रचलित एउटा कथ्य पनि प्रस्तुत गरिहालौँ । वैदिक तामाङ भाषा अर्थात् शास्त्रीय पूजापाठ गर्ने भाषामा ‘गो’ भनेको टाउको वा शिर हो भने ‘सा’ भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ । यसले भार्खुगाउँको सिरान (शिर) को पवित्र हिमालय भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ । गोसाईंकुण्ड नेपाली भाषामा राखिएको नाम हो । तामाङ भाषामा कुण्डलाई कार्पु छोकर (सेतोकुण्ड), ग्यो, ह्वे पनि भन्छन् । छोटकरीमा ल्हा क्षेम्बो मादेउ भनेर पुकार्छन् । ह्याप भनेको पिता, ह्युम भनेको माता हो । यो कुण्डलाई बेनग्यायी छोसा र ल्हाबेन ग्यायी छोसा – सयौँ बोन्पोहरू भेला हुने पवित्रधाम भनिन्छ । तामाङ समुदायकै गोले वंशको बोन्पो -झाँक्रीहरू भने गोसाईंकुण्ड जाँदैनन् । उहिले भैरव कुण्ड (छोना) को नागले गोले बोन्पो (गुलबोन्पो) लाई तानेर कुण्डभित्र लगेको कथा छ ।

यसमा तपाइको मत