काठमाडाैं । माघ १४ गते उपत्यकाव्यापी नृत्य प्रतियोगीता हुने भएको छ ।
नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिकाे आयाेजनामा “उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता” हुन लागेकाे हाे ।
प्रतियाेगिताबाट नेवाः संस्कृतिकाे उत्थान र प्रबर्द्धनमा थप टेवा पुग्ने आयोजककाे भनाइ छ ।
‘बालबालिकाहरुमा लुकेको प्रतिभा उजागर होस् र यहाँको मौलिक कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा बालबालिकाहरु पनि सचेत बनुन् भन्ने उद्देश्य लिएर प्रतियोगीताको आयोजना गरिएको हो’, संयाेजक राजन शाहीले बताए । त्यस्तै नेवार समुदायबाट मात्रा नभैइ गैर नेवारी बालबालिकाले पनि प्रतियोगितामा भाग लिन सक्ने तर ‘नेवाः लोक गीत वा नेवाः आधुनिक गीतमा मात्र प्रतियोगीता गरिने कुरा पनि संयोजक शाहीले बताउनुभयो ।
प्रतियोगीतामा प्रथमदेखि पाँचौं स्थान हासिल गर्नेलाई ट्रफिसहित पुरस्कृत गरिनेछ । त्यस्तै भेषभुषा, हाउभाउ, श्रृङ्गार, कोरीयोग्राफी र प्रस्तुति सामग्रीमा पनि प्रतियोगीहरु पुरस्कृत हुनेछन् ।
प्रतियोगीतामा भाग लिन इच्छुक १२ देखि २० वर्षसम्मका बालबालिका वा विद्यार्थीहरुले आउँदो पुस मसान्तसम्ममा नाम दर्ता गराउन समाजले आह्वान गरेको छ ।



