
मलाइ ! सरक्क झिकेर किन फाल्छौ ए मान्छे
बिझाए पनि तिम्रो आँखामा बिझाउँछु
मनमा त बिझाउदिँन नि
जो तिम्रो मनमा बर्सौदेखि बिझाएको छ
सक्छौ भने फाल त्यसलाई
हटाउ दुखेको मनको बोझ
म त तिम्रो घरको एक कुना छानेर बसेको छु
दैलोको एक छेउ रोजेर बसेको छु
मनको मझेरीमा पनि बसेको हुन्छ रे धुलो
सक्छौ भने हटाउ त्यो धुलोलाइ
सफा बनाउ आफ्नु मनलाई
ढकमक्क गुलाफ फुलेको छ तिम्रो आगनीमा
काँडा पनि उम्रेको छ गुलाफको हागामा
मन फुलबारीमा फूल फुल्दा
भनत तिमिलाइ कति बिझाउँछ ?
कि त्यो बिझाइमा पनि आनन्दको
अनुभुति गर्छौ ए मान्छे
म त कहिलेकाही न हो देखिने दलिनहरुमा
कसिङ्गर सधैं हुन्छ तिम्रो आसपास
तिमी उस्लाइ बढारीरहन बाध्य हुन्छौं
कहिलेकाही असमर्थ पनि हुन्छौ
अनि आउछौ म भएको ठाँउमा
तिमीलाइ त्यो खाली महसुस गर्न
म कति चोटि फालिइ सके
अब मलाइ छुन नआउ
दुर जाउ
यसपाली म पनि सालिक बनिदिन्छु।
जाउ पहिले तिमि उस्लाइ फालेर आउ
मनको कसिङगर फाल
दैलाको कसिङ्गर फाल
अनि म खुसि खुसि फालिन तयार छु
तिम्रो कागजको बाकस भित्र पनि



