२०७३ सालदेखि सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको ठमेल स्थित विक्रमशील महाविहार, गरूड भगवान राज गुठीको कमलपोखरी मासी बनाइएको छाया सेन्टरमा सञ्चालन गरिएको पाँच तारे होटल अलफ्टमा सर्बोच्च अदालत बार एशोसिएशनले साधारण सभा र पदभार हस्तान्तरण कार्यक्रम गर्ने भएको विभिन्न सञचार माध्यमबाट जानकारीमा आएको छ ।
ठमेल स्थित विक्रमशील महाविहार हजारौं साल पुरानो विहार मानिएको छ । यसै विहारको ठिक अगाडि विहारको निर्माणसँगै निर्माण गरिएको कमलपोखरी परम्परागत रुपमा विहारको भगवानलाई नित्य स्नान गराउन , कमलका फूल भगवानलाई चढाई नित्यपूजा गराउन तथा पोखरीको डिलमा स्थानीयको श्राद्घको पिण्ड विसर्जन गराउन प्रयोग गरिन्थ्यो ।
उक्त पोखरी केशर शमशेरले सत्ता र शक्तिको आडमा वि.सं १९७७ मा आफ्नो कम्पाउण्ड भित्र
पारे । पछि छोरा केयूर शमशेरले पनि यो कार्यलाई निरन्तरता दिए । केयूर शमशेरले पोखरीको केही भाग सुकाउन खोज्दा विहारको गुठियारसँग २०२७ सालमा विवाद तथा मुद्दा मामिला पर्यो । तह तह फैसला हुँदा २०३३ सालमा पोखरी र पोखरी कै डिल कायम गर्ने गरी सर्वोच्चमा मिलापत्र भयो । २०३३ सालमा पहिलो पटक उक्त पोखरीको नापी भयो । सार्वजनिक पोखरी नै कायम भयो । २०३३ सालको फिल्डबुकमा मोहीको महल र धनिको महलमा पोखरी नै जनिई नापी भएको छ । पोखरीमा मोही नलाग्ने र दर्तावाला मोहीको हक कायम नहुने कानूनी प्रवधान भएता पनि उक्त पोखरीको २०३९ सालमा जवर्जस्ती आफुलाई दर्तावाला मोही कायम गराई उक्त पोखरी े कित्ता कात गरी ३ वटा कित्ता बनाई दुई वटा सुधा पाौडयाल र बिणा पौडयाललाई राजीनामा गरे र एक आफनो नाममा नै मोहीयानी दर्ता गराए । २०४४ साल तिर नै गुठी तैनाथी पोखरी तत्कालीन श्री ५ को सरकारको निणर्यले सरकारको नाममा दर्ता भएको हालसम्म मालपोमा रहेको श्रेष्ठाले खुलाउँदछ । केयुर शमशेरको मृत्युपछि पत्नि अम्बिका राणाले २०४४ ताका शक्तिको आडमा विणा र सुधाको आफ्नो दाजु शंकरप्रसाद शाहको नाममा र पति केयुरको दर्तावाला मोहीयानी आफ्नो नाममा गराइन् ।
२०४७ सालमा दाजुको नामको र आफ्नो नाममा मोहीयानी दर्ता गराइएको पोखरी रैतानीमा पविर्तन गराइन । यस्तो गलत कार्य भएको देख्दा गुठी सस्थानले उक्त रैतानी वदर गरिदिए । यसको विरुद्घ राणहरुले मुद्दा मामिला गर्दा जिल्लामा गुठी संस्थानलाई नै सदर र पुनरावेदनमा वदर गरिदियो । मुद्दा किनारा लागेन र गुठियारले धर्मकीर्ति रक्षार्थ २०५५ सालमा राणहरु तथा गुठी संस्थानबिरुद्व जिल्ला अदालतमा मुद्दा हाले । मुद्दा नजित्ने देखि अम्बिका राणाले केही गठियारहरुलाइ आफ्नो प्रभावमा पारि २०६२ सालमा जिल्ला अदालतमा मुद्दा हाल्ने गठियारहलाई मिलापत्र गराउन लगाएको देखिन्छ । यस मिलापत्रको विषयमा वास्तविक हकवाला गुठी संस्थानले अनभिज्ञ जनाइएको छ ।
यसै अधिकार विहिन गुठियारहरुले गरेको दूषित मिलापत्रको आधारमा अम्बिका राणाले २०६३ सालमा अम्बिका राणाको नाममा गरेको पोखरी आफनै हाउजिड कम्पनि , सुरेसाथ हाउजिङ र २०६४ मा उक्त सबै पोखरी नातेदार प्रतिमा राणा पाँडेलाई नामसारी गरियो । त्यस्तै, शंकरप्रसाद शाहका नाममा पुगेको दुई कित्ता पनि उनै प्रतिमाको नाममा नामसारी भयो । प्रतिमा राणा पाँडे प्रथम गभर्नर हिमालयशमशेर राणाकी छोरी हुन् भने नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेकी पत्नी । उनको नामबाट पनि २०६५ मा पुनः नामसारी भएपछि उनकै पति अध्यक्ष पृथ्वीबहादुर पाँडे भएको छायादेवी कम्प्लेक्स प्रा..लि को नाममा गयो र ऐतिहासिक, धार्मिक तथा सांसकृतिक महत्वको सार्वजनिक ,सरकारी कमल पोखरी माथी छाया सेन्टर ठडाइयो ।
छाया सेन्टर ठडाइनु अगाडी नै धर्म कार्ति रक्षार्थ उक्त पोखरी र डिल नै कायम गराउन भागवन नरसिंह प्रधान लगाएतले मुद्दा माािला गरेकोमा जिल्लामा र पुनराब्ेदनमा भागवत प्रधानलाई हराइयो भने सम्मानीत सर्बोच्च अदालतले जिल्ला र पुनाराबेदन अदालतले गरेको निणर्य त्रुटिपूर्ण भनी २०७३ सालमा निस्सा प्रदान गरियो । त्यसपछि हालसम्म विभिन्न कारण जनाई सुनुवाई भएको छैन ।
यस्तो विवादित , सम्मानीत सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छाया सेन्टरमा उक्त मुद्दालाई नै असर पर्ने गरी २०७९ माघ ७ गते शनिबारका दिन सर्बोच्च अदालत बार एशोसिएशनले गर्न लागेको वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्य शंकास्पद देखिएको छ । साथै , यस्तो समाचार संप्रेशनले जनमानसमा बार प्रतिको विश्वास तथा आस्था घटेको देखिएको छ .



