
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो ।
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो ।
त्यो आगोको राप अरु बेला को जस्तो न्यानो थिएन
मलाई त्यो आगोको रापले साह्रै असह्य बनायो ।
भित्र् भित्रै गुम्सेको त्यो आगो आज ज्वालामुखी बिश्फोट भएर आयो
आज मलाई त्यो ज्वालामुखीसँग साह्रै डर लाग्यो
बलिरहेको त्यो आगो आज मेरो आँखा भरी छायो
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो ।
जाडोमा आगो देख्दा न्यानो हुने मेरो शरीर आज त्यो आगोले काप्ने बनायो
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो
हजारौ प्रकाश देख्ने यि आँखा त्यो आगोको प्रकाशले अन्धकार बनायो
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो
आगो त केबल एक शरीरमा मात्र लाग्यो
तर त्यो आगोले सारा नेपालीलाई जलायो
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो ।
आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो ।



