हाइकु यात्रा

- वेद प्रसाद भट्टराई


मनको तिर्खा
खलखल्ती पसिना
अतृप्त प्यास

२. नयाँ संस्कार
छोराको ब्रतबन्ध
बा को सुस्केरा

३. भोलिको बिहे
हतारिएको मन
छुट्टीनु मज्जा

४. छोराको कर्म
हार्नै नहुने जात
आसुको लाज

५. शाहु आदेश
बढाउने व्यापार
रित्तिदो हात

६. काखकी छोरी
नगरी कन्यादान
बेचैन बाउ

७. मुटुको टुक्रा
छोराको व्यबहार
उदासि बाउ

८. गार्हो रहेछ
सबै आफुले बन्न
चारोटि नारी

 

९. उ, तिमी र म
खेलदै लुकामारी
तन्नेरी भयौ

१०. भारी हुदैछ
यहाँ आफ्नै जीवन
तिम्रो के ठेक्का ?

✍️ वेद प्रसाद भट्टराई
तुलसिपुर ७, दाङ्ग
हाल टोखा ९, गोङ्गवु काठमाडौं
९८४७८३२५६६

यसमा तपाइको मत