पत्रकार तथा साहित्यकार उमेश पाण्डेलाई सम्मान र शुभकामना आदान–प्रदानका साथै भित्तेपात्रो लोकार्पण


काठमाडौं, चैत्र २० गते सोमबार । थानापति दाम चन्द्रमाला मन्दिर व्यवस्थापन तथा पुनर्निर्माण समिति, थानापति नुवाकोटले नव वर्ष २०८० सालको शुभ अवसरमा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो लोकार्पणको आयोजना गरेको छ ।


गोंगबुँ, काठमाडौंको मेरिगोल्ड पार्टी प्यालेसमा समितिका अध्यक्ष पदम बहादुर थपलियाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका सचिव रामप्रसाद थपलिया, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धव प्रसाद खरेल, साहित्यकार तथा आथिर्क विज्ञ डा.दामोदार पुडासैनी किशोर, नारी विद्वत्रत्न प्रा.डा.गार्गी शर्मा र डा.सत्यराज थपलियालगायतले संयुक्त रूपमा भित्तेपात्रो (क्यालेण्डर) लोकार्पण गर्नुभएको थियो ।


कार्यक्रमका अन्य अतिथिहरूमा सामुदायिक सेवा केन्द्र, गोंगबुँका अध्यक्ष तथा योग गुरु केदारनाथ पाठक, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, टोखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रमेश खत्री, टोखा नगरपालिका वडा नं.९ का पूर्व वडा अध्यक्ष जे.पी. नेपाल, शिवपुरी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष केशव रिजाल, पूर्व प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद पाठक, साहित्यकार÷पत्रकार उमेश पाण्डे र मणि लोहनी, टोखा नगरपालिका वडा नं.११ का वडा सदस्य महेश थपलिया, नेपाली काँग्रेस वडा कार्य समिति शिवपुरी–८, थानापति, नुवाकोटका अध्यक्ष रामकृष्ण डंगोल, समितिका सचिव नरेन्द्रनाथ थपलिया, कोषाध्यक्ष पुण्य बहादुर थपलिया, सामुदायिक सेवा केन्द्र, गोंगबुँका पूर्व अध्यक्ष राकेश सिंहलगायत रहनुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सचिव रामप्रसाद थपलियाले काम गर्दा हुने सामान्य गल्ती ठुलो देख्ने र गरेका राम्रा कामहरूलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति समाजमा हुर्कंदै गएकोमा चिन्ता व्यक्त गर्दै मानवचोला हाँसीखुसी र मेलमिलापको लागि भएको हो, भन्नुभयो । उहाँले थानापतिको काफलडाँडामा रहेको घट्टेदेवी मन्दिर र थापाउँमा रहेको थानापति मन्दिर दुवैको परिपुरक सम्बन्ध रहेकोले दुवै स्थान र मन्दिरहरूको समग्र विकासले नै त्यस क्षेत्रको धार्मिक एवं सांस्कृतिक पर्यटनमा विस्तार भई थानापतिको विकास र समृद्धिमा टेवा पुग्ने कुरा बताउनुभयो ।


टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले थानापतिसँग आफ्नो जन्म सम्बन्ध नरहेपनि धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण काफलडाँडा र थापागाउँको थानापतिसँग रगतको सम्बन्ध रहेकोले त्यस क्षेत्रको विकास र समृद्धिमा आपूm निरन्तर लागि पर्ने बताउनुभयो ।
साहित्यकार तथा आर्थिक विज्ञ डा.दामोदर पुडासैनी किशोरले क्यालेण्डर निकाल्नु भनेको वर्तमान समयको चित्रण गर्नु हो, त्यस समयलाई दस्तावेजीकरण गर्दै लैजानु हो, भन्नुहुँदै ठुला राम्रा कामभित्र हुने ससाना कमजोरीलाई खोतल्ने प्रवृत्तिलाई रोक्नसके मात्रै हामीले परिकल्पना गरेको शान्ति, मैत्री र करणाको भावनालाई विस्तार गर्दै समाजलाई सभ्य र समुन्नत बनाउन मद्दत पुग्छ, भन्नुभयो ।


योग गुरु तथा सामुदायिक सेवा केन्द्र, गोंगबुँका अध्यक्ष केदारनाथ पाठकले योग, ध्यान र प्राणायामले मान्छेलाई स्वच्छ, स्वस्थ र निरोगी राख्ने भएकोले नियमित यसको अभ्यास गर्दै हिंसामुक्त समाज र तनावमुक्त मन राखेर समाजलाई सभ्य, सुन्दर र शान्तिपूर्ण बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा अध्यक्ष पदम बहादुर थपलिया, समितिका सचिव नरेन्द्रनाथ थपलिया र कोषाध्यक्ष पुण्य बहादुर थपलिया, टोखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रमेश खत्री, शिवपुरी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष केशव रिजाल, थानापति मन्दिर व्यवस्थापन समितिका सल्लाहकार योगप्रसाद थपलियालगायतले शुभकामना मन्तव्य राख्दै थानापति मन्दिरलगायत त्यस क्षेत्रको विकास, विस्तार र समृद्धिमा सबैको साथ, सहयोग र समर्थन रहनुपर्ने बताउनुहुँदै आपसी मेलमिलाप र सुसम्बन्धले नै समाज सुन्दर र सभ्य बन्ने कुरा बताउनुभयो ।
कार्यक्रमा थानापति लगायत विभिन्न क्षेत्र, संघसंस्था र समुदयका सयौँ विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।


त्यस अवसरमा साहित्यकार तथा पत्रकार उमेश पाण्डेलाई विगत २० वर्षदेखि विभिन्न संघसंस्थामा आवद्ध रही आफ्नो भाषा, धर्म, संस्कृति, साहित्य र कलाको साथै पत्रकारिताको क्षेत्रमा सेवा पु¥याउँदै आउनुभएको र खासगरी आफ्नो प्रकाशनको माध्यमबाट थानापति दाम चन्द्रमाला मन्दिरको साथै यस क्षेत्रकै प्रचार, प्रसारमा पु¥याउनुभएको विशिष्ट योगदानको कदर गर्दै सम्मानित गरिएको थियो


भित्तेपात्रो प्रकाशनमा संयोजक पुण्य बहादुर थपलिया र सदस्यहरू पार्वती थपलिया र उमेश पाण्डे रहेको ३ सदस्यीय समिति रहेको थियो ।
शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रमको संयोजन तथा सञ्चालन पार्वती थपलियाले गर्नुभएको थियो ।

यसमा तपाइको मत