
कतै मन रोएको बेला,कतै मिठो सपना टुटेकोबेला
हकिकतमा घर अनि जीवन डढेको देखेको छु यहाँ!!
कतै मिलनको रहर ब्युझिरहादा, कतै आशा टुसाएको बेला
हकिकतमा सम्बन्ध धेरै फुटेको अनि छुटेको भेटेको छु यहाँ!!
कतै खान नपाएर छटपटिँदा, कतै वाइयासी रमाएकाे बेला
हकिकतमा राजा रङ्क र रङ्क राजा बनेको पाएको छु यहाँ!!
धेरै फूर्ति देखाउने नगर मान्छेहरू, घमण्ड नगर त्यागी देऊ हेर, सास बिनाको लास जमिन मुनि मासिएको देखेको छु यहाँ!!!



