टोखा छहरे सुरुङमार्ग नुवाकोट विकासको मेरुदण्ड :अधिवक्ता रामेश्वर भण्डारी


दशबर्ष अघिदेखि चर्चा परिचर्चाको मुख्य बिषय बनेको नुवाकोटको टोखा छहरे सुरुङमार्ग अहिले फेरि नुवाकोटका दुई संघिय अर्थमन्त्री र प्रदेश योजना मन्त्री भएपछि चर्चामा आएको छ । सुरुङमार्गको बारेमा स्थानीयदेखि प्रदेश हुदै केन्द्रीय निर्वाचनमा समेत एजेन्डाको रुपमा उठाउने काम भएको देखिन्छ । नुवाकोटका जनतालाई १० बर्षसम्म सुरुङमार्गको आश्वासन देखाउने परिपाटीले गर्दा सुरुङ बन्दैन कि के हो भन्ने कुरा आम नागरिकमा परेको देखिन्छ । तर एकाएक मुलुकको राजनीतिले कोल्टे फेरिएको अबस्थामा अहिले नुवाकोट आइपुगेको देखिन्छ ।
मुलुकको अर्थमन्त्री र बागमती प्रदेशको योजनामन्त्री नुवाकोटले पाउन सफल भएको छ । टोखा छहरे सुरुङमार्ग बनाउन अब नुवाकोटका नेताहरुले पहल गर्नुपर्ने देखिन्छ । पहिलाका अर्थमन्त्रीहरुको पालामा केबल अध्ययन अनुसन्धानमा सिमित भयो । अहिलेका अर्थमन्त्री र योजना मन्त्री भएको बेलामा यो राष्ट्रिय गौरबका योजना मध्य नुवाकोटको बिकासमा मेरुदण्डको रुपमा काम गर्ने यो योजनालाई कुरामा होइन काममा परिणत गरनुपर्छ । नुवाकोटका नेताकार्यकर्ताले आफ्नो जिल्लाको बिकासमा महत्त्वपूर्ण भूमिका खेल्ने योजना बनाउने कामका लागि नेताहरुलाई दवाव दिने काम गर्नु पर्ने हुन्छ । नुवाकोटको बिकासमा यो टोखा छहरे सुरुङमार्गले जिल्लाको बिकासमा ठुलो परिवर्तन ल्याउने देखिन्छ । आज नुवाकोटका रोडहरुको अबस्थाले जिल्लाको आय आम्दानीमा ठुलो असर परेको छ । नुवाकोट हुदै रसुवा जाने बिदेशी पर्यटक देखि आन्तरिक पर्यटनमा समेत ठुलो असर परेको देखिन्छ । नुवाकोटका ब्यक्तिहरु लागि मात्र नभएर सिङ्गो मुलुकको प्रतिष्ठाका लागि भए पनि नुवाकोटमा सुरुङमार्ग बन्नु पर्छ । नुवाकोटका धेरै नेताहरूको चुनाब आएपछि एजेन्डा र नारा बन्ने गरेको यो योजनालाई जसरी भए पनि अब सम्पन्न गर्नु पर्छ । नुवाकोटका सबै प्रकारका सरोकारवाला सरकारी गैरसरकारी निजि सस्था लगायत ब्यक्तिगत रुपमा भएपनि खबरदारी र पहल गर्नु पर्ने देखिन्छ । काठमाडौ नुवाकोट रसुवा देखि चीन सम्मको ब्यपारिक क्षेत्रलाई महत्त्वपूर्ण योगदान देखिने काम गर्न नुवाकोटका सबै क्षेत्रका युवा विद्यार्थी सामाजिक ब्याक्तित्व बुद्धिजीवी एकजुट हुनु पर्ने बेला आएको छ । जिल्लामा भएको सबै उत्पादन लाई काठमाडौ ल्याउने काठमाडौका पर्यटक लाई नुवाकोट भित्र्याउने काम जिल्ला बासीहरु लाई रोजगारीको लागि काठमाडौ सहज हुनुको साथै नुवाकोटमा उद्योगधन्दा संचालित गरि रोजगारको सृजना समेत गर्न सकिने हुदा नुवाकोटमा तत्कालै टोखा छहरे सुरुङमार्ग बन्नु पर्छ बनाउनु पर्छ । नुवाकोटले अहिले जुन मौका पाएको छ यसलाई जसरी पनि सदुपयोग गर्नु पर्ने देखिन्छ ।

यसमा तपाइको मत