खलासी भाइका दु:ख

- - दुर्गा लामिछाने


ढ्याप ढ्याप ठटाउदै ढोका
मतिर सन्काउदै आँखा
भनिरहन्छ खलासी
जाने हो दिदि
बल्खु कंलकी सातदोबाटो

एकसासले उ कराइरहेछ
माछापोखरी , चाबहील गौसाला कोटेश्वर
पुस्दै पसिनाको धारा
गुन्गुनारहेछ कुनै सुगम गीत
`याद गर्न पनि त कोही न कोही चाहिदो रहेछ´

यसरी कसरी भाग्दो होला
चक्रपथ जस्तो लामो खलासी भाइको दु:ख
उसको जिन्दगीबाट

मलाई सोध्न मन
प्रीय खलासी भाइ
दु:ख पनि गाडी चढेर
घुम्न जान्छ कि जादैन होला
दु:ख पनि भागेर
अर्कै भूगोल पुग्छ कि पुग्दैन होला
मलाई सोध्न मन छ
मलाई सोध्न मन छ

यसमा तपाइको मत