लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया


काठमाडौं । लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया सम्पन्न भएको छ ।

लघुकथा समाज नेपालद्वारा बिहीबार आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्नलाई त्यति नै कठिन हुने बताए । उनले लघुकथा लेख्न सजिलो नहुने बताउँदै कथामाजस्तै लघुकथामा पनि आख्यान तत्व हुनुपर्नेमा जोड दिए ।

लघुकथा समाजका अध्यक्ष गाेपाल अस्क ज्यु काे सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ठ अतिथिकाे रूपमा टाेखा नगरपालीकाका नगर प्रमुख प्रकाश अधिकारी , उप प्रमुख मुरारी तामाङ , बर्डा नं ५ का वर्डा अध्यक्ष मदन गुरूङ, नारी विद्वत् रत्न प्रा. डा गार्गी शर्मा, लघुकथा समाजका पुर्व अध्यक्ष / बरिष्ठ लघुकथाकार श्री ओम श्रेष्ठ ” राेदन” रहनु भएकाे थियाे।

लघुकथा “एक पाेल्टाे बादल” मा बाेल्ने बक्ताहरूमा , डा. शैलेन्दुप्रकाश नेपाल, बरिष्ठ लघुकथाकार तुलसीहरि काेइराला र श्री बाबु कार्कीले बाेल्नु भएकाे थियाे।

टाेखा नगरका नगर प्रमुख, प्रा. डा . गार्गी शर्मा, श्री ओम श्रेष्ठ ” राेदन”लघुकथाकार रेणु अधिकारी ” माैनता “लाई आगामी दिनहरूमा परिस्कृत हुँदै अब्बल कृति लेखनकाे शुभकामना दिनु भएकाे थियाे। यस कार्यक्रमकाे संयाेजन तथा कार्यक्रम संचालन साहित्यकार तारा के.सी ले गर्नुभएकाे थियाे। यस कार्यक्रममा बिशिष्ठ साहित्यकार/ पत्रकार ज्युहरू – उमेश पाण्डे, जे. पी नेपाल , दीपक बानीयाँ, नरबहादुर बि. सी, छविरमण सिलवाल, बिनाेद नेपाल, दीपक लाेहनी, लाेकेश सिलवाल, मधु पाठक, भागिरध काफ्ले, सुमन साैरभ, नवराज रिजाल, राजेश खनालकाे उपस्थित रहेकाे थियाे।

यसमा तपाइको मत